लायन्सकाे अधिवेशन माघ २९ गते पाेखरामा

  • ख-
  • ख+

पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १, नेपालको १० औं जिल्ला अधिवेशन माघ २९ गते पोखरामा हुने भएको छ ।

लायन्स पोखरा अन्नपूर्णको अगुवाइमा अन्य ५ क्लबले अधिवेशन गराउने विहिवार आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराईयाे ।

पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने अधिवेशनमा लायन्स क्लब ३२५ बि १ नेपालअन्तर्गतका ६ हजारभन्दा बढी लायन्स सदस्यको उपस्थितिमा पोखरामा अधिवेशन हुने मूल आयोजक कमिटी संयोजक डम्बरसिंह गुरुङले जानकारी दिए ।

अधिवेशनबाट नेपालमा अहिले रहेका ४ डिस्ट्रिक्टबाट १५ वटा हुँदै छन् । जसअन्तर्गत ३२५ बि १ ले ५ गभर्नर पाउनेछ । यहाँ डिस्ट्रिक्ट ३२५ बि १ आई, जे, के, एल र एम हुने छन् ।

अधिवेशन सम्पन्न गर्न पोखराका विभिन्न संघसंस्थाले पनि सहयोग गरेको गुरुङले जानकारी दिए । उनका अनुसार पश्चिमाञ्चल होटल संघले ३०, नेपाल टुरिजम भेइकल एसोसिएसनले २०, रेबानले १५, होमस्टे तथा ट्रेकिङले २०, अल्ट्रालाइट प्याराग्लाइडिङले ४० र जिप फ्लायर, स्विङ, बन्जीले ३० प्रतिशत विभिन्न सेवामा छुट दिएका छन् । अधिवेशनसँग्गै पोखराको पर्यटनमा पनि टेवा पुग्ने देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्