धौलागिरी सहकारीको अध्यक्षमा देवीजंग गुरुङ

  • ख-
  • ख+

पोखरा । धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको
अध्यक्षमा देवीजंग गुरुङ चयन भएका छन् । संस्थाकाे  शनिबार सम्पन्न २१ औँ साधारणसभा र छैठौं अधिवेशन  गुरुङकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

संस्थाकाे उपाध्यक्ष खड्गबहादुर थापा,सचिवमा खुसीमान गुरुङ,कोषाध्यक्षमा डम्बर जंग गुरुङ र सदस्यमा  खुसीमाया गुरुङ, कल्पना थापा क्षेत्री,पदममाया गुरुङ, पुजन राजभण्डारी  शाक्य, नरबहादुर गुरुङ र लेखा संयोजकमा सनकमान  सिके सर्वसम्मत चयन भएका छन् । 

यसअघि पोखरामा  सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सराङ्कोट बहुउद्देश्यीय सहकारीका  अध्यक्ष कृष्ण थापाले सहकारीले सहकारी र व्यक्ति दुबैले बचतमा जोड दिनुपर्ने बताए ।

उनले सहकारी अघि बढाउन धौलागिरी र सराङ्कोट सहकारी सहकार्यमा चल्ने भनाई राखे । 

यस्तै संस्थाका निवर्तमान अध्यक्ष टाेक गुरुङले आफू सधैं सहकारीकोलागि साथमा रहेको बताए । गुरुङले आफू भोलिका दिनमा पनि सहकारी सहकार्यमा हुने भनाइ राखे ।  

कार्यक्रममा संस्थापक अध्यक्ष थमप्रसाद शेरचन, पूर्व अध्यक्ष चन्द्राकुमारी गुरुङ, निर्वाचन संयोजक, तथा कानुनी सल्लाहकार दामोदर अधिकारी , उपाध्यक्ष देबी जङ गुरुङ, सचिव थिर बहादुर थापा, कोषाध्यक्ष बसन्त भटचन,शिक्षा संयोजक कल्पना थापा क्षत्री , सदस्य पुजन शाक्य , सनकमान सिके लगायतले बाेलेका थिए ।

कार्यक्रममा उत्कृष्ठ ब्यवस्थापन तर्फ ब्यवस्थापक कुशल कार्की र रुपा गुरुङ्ग,जेष्ठ सदस्यहरु समनसिङ गुरुङ,गमवहादुर गुरुङ,गणेश गुरुङ, उत्कृष्ट बचत कारोवारी, शेयर सदस्य तथा एसईई उत्तिर्ण विद्यार्थीहरुलाइ सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्