आहा ! रारा गाेल्डकप:दर्शकले रंगशालामै गएर हेर्न पाउने

  • ख-
  • ख+

पोखरा ।  पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट दर्शकले रंगशाला गएर खेल हेर्न पाउने भएका छन् ।

आयोजक सहारा क्लब पोखराले एक विज्ञप्ति जारी गर्दै सेमिफाइनलबाट दर्शकलाई प्रवेश दिइने जनाएको छ ।

सहाराले  दर्शकहरुलाई स्थानीय प्रशासनले लागु गरेको सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै खेल हेर्न अनुमति दिइने जनाएको छ । तर, सिमित दर्शकलाई मैदान प्रवेशको अनुमति हुने आयोजकले जनाएको छ ।

खेलप्रेमी दर्शकको धेरै माग पछि सहारा क्लब पोखरा द्वारा १/३ दर्शक सहित  प्रतियोगिता संचालन गर्ने निर्णय भएको छ । यस अघि प्रतियोगिता दर्शक विहीन संचालन भईरहेको थियो ।

आयोजकले खेल हेर्न ३ सयको टिकट दर राखेको छ । टिकट प्रभु पे बाट किन्न सकिन्छ । कोभिड-१९ लाई मध्य नजर गर्दै रंगशाला बाहिर टिकट खरिद गर्न परेमा vending machine राखिएको छ ।

खेल हेर्नकाे लागि खोप कार्ड अनिवार्य रूपमा प्रवेश गर्दा ल्याउनु पर्नेछ । नल्याएको खण्डमा टिकट भएपनि प्रवेशमा रोक लगाईने क्लवले जनाएकाे छ ।

रंगशाला प्रवेश गर्दा अनिवार्य माक्सको र स्यानटाईजर प्रयोग गर्ने र चाहिएको खण्डमा त्यहा खटिएका स्वयंम सेवकसंग सोध्नुपर्ने साथै आयोजकद्वारा बस्न मिल्ने भनेर छुट्याएको सिटमा भौतिक दुरी कायम गरी बस्नुपर्नेछ ।

प्रतियोगितामा  कुल १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।

त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्