सहारा यूके, हङकङ र अष्ट्रेलियाको टोली एकेडेमीमा

  • ख-
  • ख+

पोखरा । २० औं आहा रारा संस्करणको सन्दर्भमा पोखरा रहेको सहारा यूके, सहारा हङकङ र सहारा अष्ट्रेलियाको टोली बिहिबार पोखरा १७ स्थित सहारा एकेडेमी पुगेको छ । 

हरेक वर्ष आयोजना हुने आहा रारा संस्करणमा सहारा क्लव पोखराका विदेशस्थित भातृ संस्थाका पदाधिकारी तथा प्रतिनिधीहरु सहारा एकेडेमीको अवलोकानका लागि पुग्ने गरेका हुन ।

यसै क्रममा सहारा एकेडेमी पुगेको टोलीलाई क्लवका अध्यक्ष हरिराम गुरुङ सुरजले स्वागत गरेका थिए । 

सो अवसरमा विदेशबाट आएको पाहुना टोलीले सहारा एकेडेमी संगै सहारा एकेडेमी सञ्चालनार्थ अक्षयकोषका लागि सहयोग समेत गरेका छन् ।

यसै क्रममा सहारा यूकेका अशोक कुमार गुरुङले अक्षयकोषका लागि नगद ५० हजार सहयोग गरेको क्लवले जनाएको छ ।

यसै गरी सहारा अष्ट्रेलियाका कर्ण राना मगरले कोषका लागि १२ हजार र सहारा अष्ट्रेलियाका इन्द्र कुमार गुरुङले नगद ११ हजार सहयोग गरेका छन् ।

सहयोग गर्ने क्रममा सहारा हङकङमा आवद्ध गंगा वहादुर गुरुङकी छोरी सुयोग्य गुरुङले एकेडेमीमा रहेका बालकहरुका लागि खाजा खर्च वापत नगद १० हजार प्रदान गरेकी छन् भने सहारा हङकङकी लक्ष्मी गुरुङ र यशोदा गुरुङले एकेडेमीका लागि खाद्यान्न सहयोग गरेको क्लवले जनाएको छ । 

कार्यक्रममा सहारा युकेका अध्यक्ष कुशाङ गुरुङ, सहारा अष्ट्रेलियाका अध्यक्ष राजमान थकाली, सहारा हङकङका उपाध्यक्ष खुम गुरुङ लगायतले आफ्ना भनाई राखेका थिए ।

सो अवसरमा सहारा यूकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ, तमुधि यूकेका अध्यक्ष तथा सहारा यूकेका सल्लाहकारहरु हितकाजी गुरुङ, पूर्व अध्यक्ष मिन गुरुङ, तमुधिका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, तमुधि यूकेका पूर्व रामचन्द्र गुरुङ ‘सुर्जे’, लोक बहादुर गुरुङ, वगरभाई खलक यूकेका अध्यक्ष दिलरास गुरुङ, पूर्व अध्यक्ष चन्द्रमान गुरुङ सिएम, सहारा युकेका उपाध्यक्ष कृष्ण गुरुङ ‘कृस’, सल्लाहकारहरु मुछेत्र गुरुङ, चन्द्र गुरुङ, एफसी चियरमेन शारदा गुरुङ, सचिव वाचस्पती रेग्मी लगायतको सहभागिता रहेको थियो । 

हाल सहारा एकेडेमीमा विपन्न एवम कठिन परिस्थितीका विभिन्न जिल्लाका २४ जना बालकहरु रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्