माछापुच्छ्रे गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताकाे उपाधि महेन्द्र मा.वि.लाचोककाे पाेल्टामा

  • ख-
  • ख+

माेतिसागर अधिकारी/पाेखरा ।

माछापुच्छ्रे गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताकाे उपाधि महेन्द्र मा.वि.लाचोकले जितेकाे छ । लाहाचाेकमा आईतवार सम्पन्न  राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा उदय मा.बि. दाेस्राे र निष्पक्ष  मा. बि .तेस्राे भएका छन् ।

प्रथम हुने महेन्द्र मा.वि. ले यस पालिकाे जित सगै तिनै बर्ष लगातार  रनिङ शिल्ड जित्न सफल भई  ,नगद रू २५,०००/-मेडल र प्रमाण पत्र साथमा यस पालिकाे प्रथम पुरस्कार रू.१५,०००/- सहित नगद रू.४०,०००/-प्राप्त गरेकाे छ।

त्यसै गरि दाेस्राे र तेस्राे हुने विद्यालयले क्रमश नगद रू.१०,०००/-र ७,५००/- मेडल र प्रमाण पत्र साथमा छ वटै बिधा अन्तर्गत उत्कृष्ट खेल खेले बापत छात्रा छात्रले समेत पुरस्कार मार्फत मेडल र प्रमाण पत्र प्राप्त गरेकाे शिक्षा महाशाखा प्रमुख सम्झना पाेख्रेलले बताईन् ।

यहि चैत्र ११ गतेबाट सञ्चालन भएकाे प्रतियाेगितामा माछापुच्छ्रे गाउपालिकाभित्र रहेका १० वटा सामुदायिक र एउटा निजि गरि ११ विद्यालयकाे सहभागि रहेकाे थियाे  ।

गाउँपालिकाकी उपाध्यक्ष कृष्ण कुमारी दवाडी काे  अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि पालिकाका अध्यक्ष कर्ण गुरूङ,  प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद पाेख्रेल ,लेखा प्रमुख सिता शर्मा,शिक्षा महाशाखा प्रमुख सम्झना पाेख्रेल ,गाउँपालिकाका १ देखि ९ वटै वडाका अध्यक्ष एव प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्