पाेखरा २५ मा एमालेकाे घरदैलाे कार्यक्रम

  • ख-
  • ख+

पाेखरा । पाेखरा २५ का नेकपा एमाले उम्मेदवारले फेदी, घट्टेखाेला क्षेत्रमा घरदैलाे कार्यक्रममा गरेका छन् ।

चुनाव प्रचारप्रसार समिति संयाेजक तथा पाेखरा २५ वडा कमिटी अध्यक्ष ऋषिराम पाैडेलकाे नेतृत्वमा भएकाे घरदैलाे कार्यक्रममा आसन्न बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचन सात सूर्यमा सात छाप लगाई पाेखरा महानगरपालिकाका मेयरकाे उम्मेदवार  कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नम्वर २५ का वडाध्यक्षका उम्मेदवार तिर्थबहादुर थापा, सदस्य सुवास भण्डारी,कृष्णबहादुर कुवँर, महिला सदस्य धनकुमारी पाेख्रेल, दलित महिला सदस्य तारा विश्वकर्मालाई अत्यधिक बहुमतले विजयी गराउन अनुराेध गरेका छन् ।

जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, महानगर कमिटी सदस्य, वडा कमिटी सदस्य, टाेल कमिटीका अध्यक्ष तथा पदाधिकारीहरुकाे सकृय सहभागिता रहेकाे थियाे । घरदैलाे कार्यक्रमकाे सहजीकरण तथा समन्वय  मनाेहरी भण्डारी, टिकाराम दाहाल, शालिकराम अधिकारी, केशबहादुर नेपाली सुदिप पाैडेल लगायतले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्