पोखरा । सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको अध्यक्षमा कविता श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् ।
आज पोखरामा बसेको समुहको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । समुहको उपाध्यक्षमा कञ्चन थापा कोइराला , महासचिवमा अनिशा श्रेष्ठ चयन भईन् ।
त्यस्तै समुहको कोषाध्यक्षमा उमा आले मगर र सचिवमा कविता घर्ती मगर चयन भए ।
त्यसैगरी समुहको सदस्यमा शोभा नेपाल, जुना थापा, अनिता घिमिरे , दिपा पौडेल, बिनिता सुनार, सोनु रानामगर, सुशिला अधिकारी , अनिषा नेपाली, देवी जिसी (म्याग्दी) निर्विरोध सर्वसम्मत भए ।
त्यस्तै पदेन सदस्यमा कला राना (स्याङजा), सम्झना रसाइली (तनहुँ), बसन्ता भट्ट (लमजुङ), बिष्णु गौतम (पर्वत) चउन भएका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन सत्रको उद्घाटन गर्दै प्रमुख अतिथि उच्च अदालत पोखराका न्यायाधिश श्रीधरा पुडासैनीले सञ्चारिका समुहलाई महिलाका सवालमा सशक्त भएर कलम चलाउन आग्रह गर्दै अधिवेशनको सफलताको शुभकामना व्यक्त गरिन् ।
त्यस्तै कार्यक्रमका प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, नेपाल बारका केन्द्रिय सदस्य विनिता नेपाली, नेपाल पत्रकार महासघं केन्द्रिय सदस्य सरिता तिमिल्सिना, नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष विमला भण्डारी, सञ्चारीका समुह गण्डकीका पूर्व अध्यक्ष सुष्मा पौडेल, नी वर्तमान अध्यक्ष जमुना वर्षा शर्मा, कोपिला नेपालका कार्यकारी निर्देशक बिना शिलवाल, सिद्धार्थ क्लबका अध्यक्ष, प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेल लगायतले कोभिडको विषम परिस्थितिमा संचारिका समुहले खेलेको भूमिकाको चर्चा गर्दै महिला पत्रकारहरुको क्षमता र दक्षता अधिवृद्धि गर्ने कार्यक्रमहरु संचालन गर्न सुझाव दिए ।
समूहका अध्यक्ष स्मिता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संंचालन समुहका महासचिव कविता श्रेष्ठले गर्नु भएको थियो भने महासचिव श्रेष्ठ र कोषाध्यक्षमा आले मगरले प्रस्तुत गरेकाे प्रतिवेदन बहुमतले पारित गरेको हो ।










