
पोखरा ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा कास्कीका इन्चार्ज भिम कार्किले शेर बहादुर नेतृत्वको बर्तमान् गठबन्धन सरकार जनतामारा सरकार भएको आरोप लगाएका छन् । कार्कीले नेकपा एमाले प्रचार बिभागले गरेको स्थानिय तह निर्बाचन केन्द्रीत फेसबूक लाइभ कार्यक्रममा बोल्दै सो दाबि गरेका हुन् ।
उनले दिन दिनै इन्धनको मुल्य सङ्गै महङ्गि बढाएर देउवा सरकारले जनताको ढाड सेक्ने काम मात्रै गरेको भन्दै सामान्य सरकार सन्चालनको अभिभारा समेत पुरा गर्न नसक्ने सरकारका सहयात्री दलहरु एमालेको लोकप्रियतादेखि आत्तिएर अनेकन भ्रम सृजना गर्न ब्यस्त रहेको बताए ।
केपी ओली नेतृत्व सरकारमा भूमिं आयोगका प्रवक्ता समेत रहेका कार्कीले जग्गा पाउनै लागेका १७ लाख अव्यवस्थित तथा सुकुम्बासीलाई यो सरकारले फेरी भूमिंहिन बनाएको बताए ।
‘भूमिंहिनलाई जग्गा दिने अन्तिम तयारी गर्दै थियौं, तर ओली सरकारको निर्णय यो सरकारले हतासमा रोक्दै आयोगलाई विघटन गरि आफ्ना कार्यकर्ता भर्ती केन्द्र बनायो’–उनले भने ।
यसपटकको निर्वाचनमा कास्कीका पाँचै पालिकामा नेकपा एमालेले प्रमुख, उपप्रमुख दुवै पदमा बाजी मार्र्ने दावी गरे । त्यस्तै सबै पालिकाका दुई तिहाई भन्दा वढी वडामा जित सुनिश्चित भइसकेको बताए ।