माछापुच्छ्रे गाउँपालिकामा एमालेकाे उम्मेदवार परिचय कार्यक्रम

  • ख-
  • ख+

पाेखरा, १७ वैशाख ।
माछापुच्छ्रे गाउँपालिकामा नेकपा एमालेकाे निर्वाचन परिचालन  कमिटीले चुनाव लक्षित कार्यक्रम अन्तर्गत उम्मेदवारहरुकाे परिचयात्मक कार्यक्रम गरेकाे छ ।

पालिकाका अध्यक्ष पदका उम्मेदवार विक्रम गुरुङ र उपाध्यक्ष पदका उम्मेदवार सीता तिवारी अधिकारी सहित ९ वटै वडाका वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरुकाे परिचयात्मक कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार विक्रम गुरुङले पालिकाकाे आर्थिक,पर्यटन, कृषि, शैक्षिक, स्वास्थ्य, सामाजिक तथा सांस्कृतिक लगायतका  विकासका कामहरुमा सधैं लागिरहने प्रतिवद्वता व्यक्त गरे ।

कार्यक्रममा कास्की जिल्ला कमिटी सदस्य तथा माछापुच्छ्रे इन्चार्ज  महेश्वर दवाडी, जिल्ला कमिटी सचिवालय सदस्य तथा कास्की क्षेत्र नं ३ का ईन्चार्ज कर्णबहादुर गुरुङ ले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्