
पाेखरा। पाेेखरा महानगरपालिका अन्तर्गत वडा नम्वर २३ मा नेकपा एमालेकाे चुनावी प्रचारप्रसारकाे कार्यक्रम तिव्र रुपमा भएकाे छ ।
वडाका रैकर, मैदान, पाेखरी, बाम्दी लगायतका गाउँमा प्रचारप्रसार गरिएकाे एमाले नेता अर्जुन क्षेत्रीले जानकारी दिए ।
उनले वडा न.२३ का मतदाताहरु एमाले उम्मेदवारहरु देखेर उत्साहित भएकाे बताए । अवकाे निर्वाचनमा सात सूर्यमा सात छाप लगाएर एमालेमय बनाउने मतदाताहरुले उद्घाेष गरेका छन् ।

पाेखरा २३ काे वडाध्यक्षमा शिवलाल पराजुलीकाे उम्मेदवारी रहेकाे छ । २०३९ र २०४४ मा गरि दुई पटकसम्म प्रधान पञ्चमा निर्वाचित उनी चापाकाेट प्रा.विका पूर्व प्रधानाध्यापक समेत हुन् । उनले वडा नं २३ काे विकासका लागि एमाले बाहेक अरु पार्टीकाे कुनै विकल्प नभएकाे बताए ।
यस्तै वडाकाे सदस्यमा चेतबहादुर क्षेत्री (अर्जुन) खुल्ला,शान्ति शर्मा पराजुली महिला,फवेन्द्र कुमार गुरुङ खुल्ला र रिता सुनार दलित महिला सदस्य पदका उम्मेद्वार रहेका छन् ।