विद्यालय भवनकाे जग नै भासिएपछि धर्मस्थलीका विद्यार्थीहरु पेटीमा बसेर पढ्न विवश (फाेटाे फिचर)

  • ख-
  • ख+

पाेखरा । पाेखरा ५ पस्र्याङमा रहेकाे धर्मस्थली आधारभूत विद्यालयका विद्यार्थीहरु यतिवेला विद्यालयकाे पेटीमा वसेर पढ्न विवश छन् ।

सडकमा बग्ने ढल धर्मस्थली आधारभूत विद्यालय पस्र्याङको भवनको जगमूनीबाट डोजर लगाएर खनेर खसालेपछि विद्यालयको दुईतले पक्की भवन नै ध्वस्त भएको छ । विद्यालयको जगबाट ढल बग्दा जग नै भासिएको र कक्षा कोठा भित्र भ्वाङ परेको छ । भित्ताहरु चर्किएका छन् । र,विद्यार्थीहरु बर्खाको समयमा विद्यालयको पेटीमा बसेर पढ्न विवश छन् ।

लाखौं खर्चेर बनाईएको पक्की संरचना काम नलाग्ने भएपछि विद्यालयको दुईतले भवन नै भत्काउन सुरु गरिएको छ ।  दुईतले पक्की भवन भत्काएर पुनः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत् प्राप्त गरेको ३६ लाख रुपैयाँबाट जम्मा ४ कोठे १ तले भवन बनाईदैंछ ।

वडाध्यक्ष भन्छन्–‘यो एक्सिडेन्ट नै भयो । ढलपानी कटाउँछु भन्दा विद्यालय नै ध्वस्त हुन पुग्यो । नयाँ भवन बन्दैछ । केही छैन ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्