पाेखरा ४ मा सामाजिक सुरक्षा भत्ताकाे नविकरण घरबाटै हुने

  • ख-
  • ख+

पाेखरा । पाेखरा महानगरपालिकाकाे वडा नम्वर ४ का वासिन्दा सामाजिक सुरक्षा भत्ताकाे नविकरण गर्न वडा कार्यालय धाउन पर्ने बाध्यता  हट्ने भएकाे छ ।

नवनिर्वाचित वडाध्यक्ष देवकृष्ण पराजुलीले सामाजिक सुरक्षा भत्तामा आवद्व जेष्ठ नागरिक, महिला तथा बालबालिकाकाे नविकरण गर्ने कार्य घरघरबाटै गरिदिने पहिलाे निर्णय गरेसँगै वडाबासी नविकरण गर्न वडा कार्यालय धाउन पर्ने बाध्यता हट्ने भएकाे हाे ।

पदभार ग्रहणसँगै उनले भ्रष्टचारमुक्त वडा बनाउनेमा जाेड दिईने बताए । पराजुलीले अत्यावश्क कामका विदाकाे दिन पनि सेवा दिने गरि व्यवस्था  मिलाउने बताए । उनले कुनै दल वा पार्टीप्रति पुर्वाग्रहि भावना नराखि जनताकाे सेवक बन्ने उद्घाेष गरे ।

वडाबासीले लागि कुनै गुनासाे राख्न नपर्ने गरि वडामा सेवा दिने भन्दै उनले  काममा ढिलासुस्ति नगर्ने बताए ।

वडामा रहेकाे पुरानो बजारलाई संरक्षण र सौन्दर्यकरण गर्ने र वडाभित्र पर्ने एक मात्र सरकारी स्कुल नवीन उच्च माविको स्तराेन्नति गर्ने कुरामा जोड दिए ।

कार्यक्रममा सबै दलका  प्रमुख लगायत निवर्तमान अध्यक्ष शंकर बास्तोलाले सल्लाहा,सुझाव दिदै शुभकामना दिएका थिए।

देवकृष्ण पराजूली अध्यक्षमा निर्वाचित भएकाे पाेखरा ४  मा पार्वती माकाजु, विष्णुमाया परियार,प्रकाश काेईराला र सञ्जय कुमार श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्