पोखरा १७ मा मोतियाबिन्दुको नि:शुल्क उपचार,गर्भवती महिलालाई पोषण र वडा कार्यालयमा सहायता कक्ष निर्माण

  • ख-
  • ख+

पोखरा ।
पोखरा महानगरपालिका वडा न १७ का नबनिर्बाचित जनप्रतिनिधिहरुको पदस्थापन गरेका छ्न् ।

बिहिबार पोखरा सभागृहमा पदको सपथ ग्रहण गरे लगत्तै अध्यक्ष राधिका शाही योगि ,सदस्यहरु बिक्रम गुरुङ ,तारा परियार , शिबराम भण्डारी ,बिष्णु कुमारी थापा भुजेलले  वडा कार्यालय पुगि आफ्नो पद भार गरेका हुन।

पदभार ग्रहण गर्दै अध्यक्ष राधिका शाही योगिले सो वडामा स्थायी बसोबास गर्ने निम्न आय भएका ,अशक्त ,अपाङ्ग र पिछडिएका बर्गलाइ हिमालय आखा अस्पताल सङ्गको सहकार्यमा मोतियाबिन्दुको निशुल्क उपचार गर्ने, वडामा स्थायी बसोबास गरी शहरी स्वास्थ केन्द्रबाट नियमित सेवा लिइरहेका गर्भवती महिलाहरुको लागि पोषण प्याकेजको ब्यबस्थापन गर्ने र वडा कार्यालयको सेवा थप प्रभाबकारी बनाउन सहायता कक्ष निर्माण गर्ने तीन निर्णय गरिएक बताइन् ।

उनले निर्बाचन दौरानमा गरिएका बाचा हर तरहले पूरा गर्दै पुर्ण भौतिक पुर्बाधार सहितको समृद्ध वडाको निर्माण  एक मात्रै अर्जुन दृस्टी रहेको बताइन्।

उनले आफ्नो समुहलाइ बिजयी गराउन सहयोग गर्ने सम्पुर्णमा आभार ब्यक्त गर्दै बिना पुर्बाग्रह बिकासका काम अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरिन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्