गाउँ कमिटी सदस्यदेखि गाउँपालिका उपाध्यक्षसम्म चन्द्रकलाको यात्रा

  • ख-
  • ख+

पोखरा  । पारिवारिक वातावरण राजनीतिक थियो चन्द्रकला अधिकारीको ।  त्यसैलेपनी राजनीति बारे बाल्यकालदेखि नै चासो थियो उनको ।

बाल्यकालमा बढेकाे राजनीतिप्रतिको चासोले यसप्रती झुकाव बढायाे । २०५४ सालदेखि अ.ने.म.संघको गाँउ कमिटी देखि राजनीतिक यात्रा सुरु गरेकी तिनै चन्द्रकलाले अहिले गाउँपालिका उपाध्यक्षसम्म आइपुगेकि छिन् ।

स्थानीय तह निर्वाचनबाट कास्कीको अन्नपुर्ण गाउँपालिकामा विजयी भएकी उनले कांग्रेसकी उमेद्वार खिमकुमारी गुरुङलाई  फराकिलो मतअन्तरले हराएकी थिइन् ।

साविक लुम्ले गा.वि.स वडा न. ६ हाल अन्नपुर्ण गाँउपालिका वडा न.६ लुम्लेमा बुबा स्व.हिमलाल देवकोटा र  आमा बसन्धरी देवकोटाको कोखबाट २०३०साल असोज १५ मा जन्म भएको हो चन्द्रकला अधिकारी (देवकोटा) को ।

सुखमय बाल्यकाल बिताएकी उनलाई ४ वर्षको उमेर पिता शोक र १३ वर्षको उमेरमा माता शोक सहनुपरेको थियो । पितृशोकपछि मामाघरको लुम्लेमा बिताएकी उनले त्यही बाट राजनीतिप्रती चासो राख्न थालेकी हुन् ।

उनका दाजु स्व.यमलाल देवकोटाको कम्युनिस्ट बिचार धारको प्रभावले गर्दा बाल्यकालदेखि नै उनमा कमुनिस्ट बिचारधारप्रती झुकाव राखेकी थिइन्  ।

तत्कालीन समयमा उनको घर नेकपा मालेको सेल्टर थियो ।  विभिन्न तहका नेताहरुको आवजजावतले र उनिहरुको विचार बिमर्षले ऊनलाई राजनितीमा लाग्न प्रोत्साहन गरेको उनी निकट बताउँछन् ।

विद्यार्थीकालदेखीनै राजनितिमा लागेकि चन्द्रकला संगम मा.बी चन्द्रकोटबाट २०४८ सालमा एस.एल.सी पास गरेकि हुन्  ।  २०४९ सालमा साबिक ढिकुरपोखरी  गा.वि.स वडा न. ९ निबासी दण्डपानी अधिकारीसँग विवाह भएपश्चातपनि राजनितीक यात्रा अघि बढाइरहेकी थिइन् ।

२०५४ सालको स्थानिय निर्बाचनमा समेत नेकपा एमालेबाट भाग लिईकी उनी वडा सदस्य पदमा  झिनो मतान्तरले हार व्योहोरेकी  थिईन् । त्यसपछि पनि कहिले जागिरे कहिले सहकारी,दिदिबहिनी समुह,स्वयम सेविका, आमासमुह,न्यायिक मञ्च ,योजना कार्यन्वन लगायत बिभिन्न संघ संस्थाको क्षेत्रमा काम गरिरहँदा आफ्नो राजनितिक यात्रा झन फराकिलो बनाउदै  २०५४सालदेखि अ.ने.म.संघ ,गाँऊ कमिटीमा सदस्य भइन  । 

२०६७ नेकपा एमाले कास्की क्षेत्र न.४ क्षेत्रिय सदस्य, २०७३ सालमा अन्नपुर्ण महिला ईन्चार्ज ,गाउँपालिका कमिटी सचिवालय  सदस्य ,२०७८ अशोज ९ देखि अन्नपुर्ण गा.पा अ.ने.म संघ अध्यक्ष ,२०७८ पौष २४ नेकपा एमाले १० औं कास्की अधिबेशनबाट जिल्ला सदस्य भई काम गरेकी उनले अहिले गाउँपालिको नेतृत्व हाँक्ने भूमिकामा बसेकी छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्