शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरुलाई पोखरामा विशेष छुट

  • ख-
  • ख+

पाेखरा ।

शाइन रेसुङ्गा डेभलपमेण्ट वैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा सहितको विशेष छुट दिने उद्देश्यले पोखराको अन्नपुर्ण केवलकार प्रा.लि. , टिका रिसोर्ट, होटल दियो प्रा.लि., होटल ड्रिम लेक प्रा.लि. र फरेष्ट स्पोर्स एण्ड रिक्रियसन सेन्टरसंग सम्झौता गरेको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट वैंक लि. का ग्राहकहरुले अन्नपुर्ण केवलकारको टिकट शुल्कमा १० प्रतिशत, टिका रिसोर्टको वि एण्ड वि शुल्कमा ३० प्रतिशत र अन्य मेनुमा २० प्रतिशत, होटल दियो प्रा.लि. र होटल ड्रिम लेक प्रा.लि. को सम्पुर्ण शुल्कमा १५ प्रतिशत र फरेष्ट स्पोर्स एण्ड रिक्रियसन सेन्टरको रेष्टुरेण्ट मेनुमा १० प्रतिशत, पौडी शुल्कमा २० प्रतिशत र अन्य खेलहरुको शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्ने छन ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका लागि भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट डेविट कार्डको प्रयोग गरि निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । साथै, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, रेमिट्यान्स सुविधा, अनलाइन डिम्याट खाता खोल्ने लगायतका सुविधाको व्यवस्था गरेको छ । ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्