नेपाल आइस हेमजा गोल्डकपको उपाधि क्यामरुनी क्लव एभिनियरलाई

  • ख-
  • ख+

पाेखरा ।
छैटौं नेपाल आइस अन्तराष्ट्रिय हेमजा गोल्डकपको उपाधी क्यामरुनको एभिनियर क्लवले उचालेको छ ।
हेमजा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा आइतबार भएको खेलमा आयोजक हेमजा युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै एभिनियरले नगद ६ लाख रुपैयाँ सहित उपाधी उचालेको हो । हेमजाले ३ लाख रुपैयाँ प्राप्त ग¥यो ।

एभिनियरले खेलको सुरुवातमै गोल गरेपनि त्यो अफसाइड रह्यो । पहिला बल चलाएको एभिनियरले सुरुवातमै आक्रमण गरेको थियो । आक्रमक शैलीको फुटबल खेलको एभिनियरले खेलभर हेमजालाई निकै दबाबमा राख्यो । सेन्टरबाट चलेको बललाई विल्लेले नियन्त्रणमा लिदैँ अघि बढाउँदै साङलाई दिएको पासमा उत्कृष्ट गोल गरेपनि अफसाईड रह्यो । एभिनियरले खेलको छैटौं मिनेटमा नै गोल गर्दै अग्रता लियो ।

हेमजाका डिफेन्डर सुमन अर्यालले क्लियर गर्ने क्रममा एभिनियरले कर्नर प्राप्त गरेको थियो । विल्लेले  प्रहार गरेको कर्नरमा आनिसेले हेडर मार्फत गोल गरे । निकै दबाबमा परेको हेमजाले खेलको ३५ औं मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो । एभिनियरका डिफेन्डर र गोलरक्षक कोभास्सि झुक्किरहँदा सुशिल राईले उत्कृष्ट गोल गरे । खेलको पहिलो हाफ बराबरीमै रोकिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक बनको खेलको दोस्रो हाफमा हेमजाको गोलपोस्ट निकै व्यस्त रह्यो । रक्षात्मक खेल खेलेको हेमजाले दोस्रो हाफमा गोल गर्न नदिदाँ निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको अतिरिक्त ३० मिनेटमा एभिनियरले २ गोल गर्दै ३–१ को स्थिति बनाएपछि उपाधी चुमेको हो । खेलको ९८ औं मिनेटमा साङले गोल गरे । यस्तै १०६ औं मिनेटमा विल्लेले गोलगर्दै जित निश्चित गराएका थिए ।

दिप कार्की सर्वोत्कृष्ट खेलाडी

हेमजा युनाइटेडका गोलरक्षक दिप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गरे । आयोजक हेमजा युनाइटेडलाई फाइनलमा पु¥याउनुमा उनको महत्वपूर्ण योग्दान रहेको थियो ।

यस्तै हेमजा युनाइटेडकै आसिक गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए भने सुशिल राई उत्कृष्ट फरवार्ड घोषित भए । एभिनियरका गोलरक्षक कोभास्सि उत्कृष्ट गोलरक्षक, एभिनियरकै नेल्सन उत्कृष्ट मिडफिल्डर र आसिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उदीयमान खेलाडी हेमजाका मनिश थापा घोषित भए । उनीहरु सबैले समान २०/२० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम कालिका फुटबल क्लब घोषित हुँदै २५ हजार प्राप्त ग¥यो ।

घोषित हुँदा सर्वाधिक गोलकर्ता भने एभिनियरका विल्ले र हेमजाका कमल थापा मगर रहे उनीहरुले समान ३/३ गोल गरे । उनीहरुले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको पुरस्कार गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्र राजिव गुरुङले प्रदान गरे ।

असार ४ गतेदेखी संचालन भएको प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्