
पोखरा । चार दशक लामो व्यवसायिक विरासत बोकेको पोखराको व्यपारिक थलो बुद्ध विशाल बजारले यहि साउन १ गते बाट लागु हुने गरि निःशुल्क उपहार योजना ल्याएको छ ।
चाडपर्वलाई लक्षित गरि सार्वजनिक भएको विभिन्न योजनाहरु बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
वुद्ध विशाल बजार व्यपारिक एशोसियसन भित्रको कुनै पनि पसलबाट ५ सय भन्दा माथिको सामान खरिद गरेमा १ वटा र १५ सय भन्दा माथिको सामान खरिद गरेमा २ वटा कुपन ग्राहकले प्राप्त गर्ने अध्यक्ष केशव बहादुर खत्रीले बताए ।
बम्पर उपहार योजना अन्र्तगत पहिलो पुरस्कार होन्डाको डियो स्कुटर र द्धितिय पुरस्कार ४३ इन्चको स्मार्ट टेलिभिजन रहेको छ ।
उक्त बम्पर उपहारको नतिजा २०७९ पौष २ गते शनिबार वुद्ध विशाल बजारको प्राङ्गणमा सार्वजनिक गरिने सोही एसोशिएसनका प्रवक्ता एंव प्रेस संयोजक मनोहरी पौडेलले बताए ।
ग्राहकले उपहार योजनाको समय अवधि भर बुद्ध विशालबजार भित्र सवारी पार्किङ्ग गरे बापत शुल्क तिर्न नपर्ने आयोजकले बताएको छ ।
मासिक विशेष उपहार भने प्रत्येक महिनाको अन्तिम बुधबार खोलिने र सोको जानकारी एशोसियसनको अफिसको सुचना पाटी र संचार माध्यम मार्फत गराइने महासचिव बुद्धी कुवरले बताए ।
करिब छ महिना चल्ने निःशुल्क उपहार योजना अवधि भर १० अर्बको व्यवसाय हुने आयोजकले अनुमान गरेको छ । १ सय ९७ सदस्य रहेको उक्त बजारमा २ सय ४० व्यवसायिक सटर रहेका छन । भने ३५ सय देखि ४ हजारलाई प्रत्यक्ष रोजगारी मिलेको छ ।
कार्यक्रममा वुद्ध बिशाल बजार व्यपारिक एशोसिएसनका मानार्थ सदस्य सुचिप ढकाल,निःशुल्क उपहार योजना २०७९ का संयोजक थमन सिंह गुरुङ,नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राम प्रसाद तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए ।