
पोखरा । स्वास्थ्य पत्रकारितामा क्रियासिल पत्रकारहरुको शनिबार बसेको प्रथम भेलाले स्वास्थ्य पत्रकार मञ्च गण्डकी गठन गरेको छ ।
समितिको अध्यक्ष यदुनाथ बञ्जरा,उपाध्यक्ष सुरज श्रेष्ठ,सचिव अनिशा श्रेष्ठ, र कोषाध्यक्षमा पुष्पराज दहाल सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा निरज पन्त,रिना थापा र विन्दु परियार चयन भएका छन् ।
उक्त भेलालाई सम्वोधन गर्दे नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले स्वास्थ्य क्षेत्रमा भएका विकृति बिरुद्ध खवरदारी गर्न जरुरी रहेको बताए । पत्रकार स्थायी प्रतिपक्ष रहेकाले यो वा त्यो बहानामा प्रभावित हुनु हुदैन । उनले भने ।
नव गठित समिति तर्दथ समिति हो । यो समितिले ६ महिना भित्र स्थायी समितिलाई पुर्णता दिनपर्ने हुन्छ ।
नवनिर्वाचित अध्यक्ष बञ्जाराले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसंगतिका विरुद्ध सशतm कलम चलाउने कुरा बताए । उनले भने स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेटेर उनीहरुको हकहितमा काम गर्ने प्रतिबद्धता समेत व्यतm गरेका छन् ।
उक्त भेलामा स्वास्थ्य पत्रकारितमा क्रियासिल रहेका झण्डै ३ दर्जन जति पत्रकारको सहभागिता रहेको थियो ।