सुरज श्रेष्ठ,पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका अघिकाश खेल पोखरामा हुने भएको छ । सबै खेलका लागि पोखरा रंगशाला प्रयाप्त नहुने भएकोले पोखराका समाजघर र क्याटरिङलाई इन्डोर खेलका लागि प्रयोगमा ल्याइने भएको छ । बुधबार रंगशालामा संचारकर्मी संग कुरा गर्दे राखेप सदस्य राजेश गुरुङले सो कुरा बताएका हुन ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल समावेश गरिएको छ । त्यस मध्य २ खेल प्रदर्शनी खेलको रुपमा राखिएको छ
सुटिङ र क्रिकेट काठमाडौमा आयोजना हुने भएको छ । यद्घपी ती खेल पनि यहि गराउने प्रयास गरि रहेको छौ । उनले भने । अन्य ९ खेल कास्की जिल्ला बाहिर हुने पक्का पक्की भई सकेको उनले बताए ।
मैदान व्यवस्थापन उपसमिति संयोजक समेत रहेको राजेश गुरुङले बुधबार रामबजार पोखरा १० मा रहेको कोल्मा बहाकोट समाजघरको अवलोकन गर्दे पोखराका संभावित अन्य समाजघर र क्याटरिङको पनि अवलोकन गर्ने बताए ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता ३९ वर्ष पछि पोखरामा आयोजना हुन गईरहको स्मरण गराउदै प्रतियोगिता सफल बनाउन सबै एकजुट भएर लाग्नु पर्ने उनले बताए ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी प्रशिक्षक र व्यावस्थापक गरेर ३२ सय २३ जनाले सहभागिता जनाउने छ ।