प्रदेश स्तरिय ह्याण्डबलमा कास्कीको दोहोरो जित

  • ख-
  • ख+

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय ह्याण्डबल छनौट प्रतियोगितामा कास्कीले दोहोरो जित हासिल गरेको छ । पोखरा रंगशालाको ह्याण्डबल प्रशिक्षण केन्द्रको कोर्टमा शुक्रबार भएको फाइनल खेलमा महिला तथा पुरुष तर्फ बागलुङकै महिला तथा पुरुष टोलीलाई पराजित गर्दै कास्कीले दोहोरो जित हासिल गरेको हो ।

महिला तर्फको ह्याण्डवल खेलमा कास्कीले बागलुङलाई २ का बिरुद्ध १४ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । कास्कीको जितमा योगीता गुरुङले डबल ह्याट्रिक (६ गोल) गरेकी थिइन ।

त्यसै गरी पुरुष तर्फ भने कास्कीले बागलुङकै टोलीलाई ९—२६ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । कास्कीको शान्दार जितमा पवन छन्त्यालले १० गोलको योगदान दिए ।

विजयी खेलाडीहरुको टोलीलाई एक समारोहका बिच ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको कास्की जिल्ला ह्याण्डबल संघका सल्लाहकार राम गुरुङले बताए । अबको केही समय पछि प्रदेशको लागि खेलाडीहरु छनौट गरिने भएको संघ कास्कीका अध्यक्ष चित्र बहादुर थापाले बताए । उनका अनुसार प्रतियोगितामा पुरुष तर्फ ५ र महिला तर्फ भने ४ टोलीको मात्र सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्