पाेखरा । क्षत्री समाज नेपाल प्रारम्भिक कमिटी पोखरा -५ ले प्रविण अधिकारी बचाउ अभियानमा सहयोग गरेको छ । प्रारम्भिक कमिटीका कार्यबाहक अध्यक्ष राजेन्द्र खत्रीको नेतृत्वमा मनिपाल हस्पिटलमा उपचारत रहेका २८ वर्षीय प्रविणबहादुर अधिकारीको उपचारको लागि ७३ हजार ८ सय ८०रुपैयाँ सहयाेग गरेकाे हाे ।
सहयाेग रकम कमिटिले प्रविणका बुवा लालबहादुर अधिकारी र मामा बमबहादुर कार्कीले हस्तान्तरण गरेकाे हाे । निमाेनिया भएर उपचारमा गएका प्रविणकाे स्वास्थ्यमा अन्य समस्या पनि थपिदै गएपछि उपचारकाे लागि आर्थिक सहयाेकाे लागि अपिल गर्नुपरेकाे परेकाे प्रविणका वुवा लालबहादुरले बताए ।
सहयाेगि मनहरुले प्रविणका मामा बमबहादुर कार्कीलाई ९८६२३८३८७० सम्पर्क गरेर सहयाेग गर्न सकिने बताईएकाे छ ।











