
पोखरा । आउँदो असोज महिना पहिलो साता पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना, राष्ट्रिय खेलकुद परिषद, गण्डकी खेलकुद परिषद लगायतका विभिन्न संघ संस्थाको सहयोगमा उक्त तालिम असोजको ४ र ५ गते पोखरामा हुने भएको मञ्चले जनाएको छ ।
मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा आज(विहिबार) बसेको बैठकले उक्त निर्णय गरेको उपाध्यक्ष सुरज श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अध्यक्ष बरालको संयोजकत्वमा उक्त तालिम हुने भएको छ । गण्डकी प्रदेशका कास्की सहित ११ जिल्लका खेलपत्रकारहरुको लागि उक्त तालिम हुने भएको अध्यक्ष बरालले जनाए ।
असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा ३६ खेलहरुको समाचार लेखनमा सहज पुर्याउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको मञ्चले जनाएको छ । मञ्चमा हाल ७४ जना खेल पत्रकार आबद्ध रहेका छन् ।