पाेखरा । पाेखरा महानगरपालिका वडा नम्वर ५ काे सय दिनका कामहरु सार्वजनिक भएका छन् ।
शुक्रवार एक कार्यक्रमकाे आयाेजना गरि वडाध्यक्ष विष्णु वरालले जनप्रतिनिधि भएकाे सय दिनका कार्य प्रगति सार्वजनिक गरेका हुन् ।
उनले वडाले शिक्षा, स्वास्थ्य, आर्थिक, वातावरण संरक्षण, कृषि, सडक तथा खानेपानी,खेलकुद, महिला उत्थान लगायतका पक्षहरुमा काम गरेकाे उल्लेख गरे ।
बाराही माविमा एक थान कम्प्युटर प्रदान,वाराही मावि तथा धर्मस्थली आधारभुत विद्यालयमा अति विपन्न विद्यार्थीकाे लागि आर्थिक सहयाेग, गण्डकी बहुप्राविधिक शिक्षालयमा अटाेमाेवाईल इन्जिनियरिङमा अध्ययनकाे लागि १ जनालाई छात्रवृति प्रदान गरेकाे वडाध्यक्ष बरालले जानकारी गराए ।

उनले स्वास्थ्यतर्फ पुर्ण खाेप कार्यक्रमकाे निरन्तरता,डेंगु, हात्तीपाईले जस्ता माैसमी राेगका अभिलेख लागि अभिमुखिकरण तालिम, मधुमेह सचेतना कार्यक्रम साथै पाेषण तथा खाद्य सुरक्षा सम्वन्धी विविध कार्यक्रम सञ्चालन गरेकाे बताए ।
यसैगरी वातावरण संरक्षणका लागि, ५ सय ५० विरुवा वृक्षाराेपण, कृषकलाई कम्पाेष्टमल तथा ८५ थान विउवितरण,भकाराे सुधार कार्यक्रम अन्तर्गत ८ जना कृषकलाई आर्थिक सहयाेग,सडककाे दायाँबायाँ, मन्दिर तथा विद्यालय वरपर सरसफाई,नहर सफाई, विजुलीका जिर्ण पाेल परिवर्तन, वडाका विभिन्न स्थानमा गरि १ हजार ३० मिटर भित्री बाटाे ढलान गरेकाे उल्लेख गरे । साथै २० जनालाई चप्पल वनाउने तालिम, ४० जनालाई सिलाकटाई तालिम, नेतृत्व विकास कार्यक्रम,अभियान युवा क्लवलाई खेलकुद सामग्री वितरण, मालेपाटन तिज गित प्रतियाेगिता लगायतका कामहरु गरेकाे बताए ।

वडाध्यक्ष बरालले अहिले सुरुवाति दिनहरुमा विविध कारणले साेचेजति काम गर्न नसकेतापनि आगामी दिनहरुमा वडाका विभिन्न स्थानमा स्थलगत अध्ययन अवलाेकन, स्थानिय नागरिकका समस्या तथा गुनासाहरुलाई प्राथमिकतामा राखि काम गर्ने प्रतिवद्वता जनाए ।
वडा सदस्य हरिमाया विश्वकर्माले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन वडासदस्य कल्पना क्षेत्रीले गरेकी थिईन् ।











