
पोखरा । साहसी बालक कमल नेपाली अध्ययन प्रतिष्ठानको पहलमा बृहत फोटो प्रर्दशनी हुने भएको छ ।
संविधान दिवसको अवसरमा असोज ३ गते बृहत फोटो प्रर्दशनीको तयारी भएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
कमल नेपालीले जस्तै मानवीय क्षेत्रमा अद्धित्य कार्य गर्ने ख्याती प्राप्त व्यातिmहरुको तस्विर बनाएर प्रर्दशनीमा राखिने प्रतिष्ठानका अध्यक्ष डिल बहादुर नेपालीले जनाए ।
कमल नेपालीले २०६५ साल असार १० गते पोखरा महानगरपालिका वडा नं.१५ खरबारी स्थित सेती नदीको करिब ६५/७० फिट गहिरो खोचमा खसेकी २ वर्षिया बालिका आराधना प्रधानलाई घटना भएको २२ घण्टा पछि सकुसल उद्धार गरेका थिए । उनको यो साहसलाई सम्मान गर्दे तत्कालिन सरकार प्रमुखले नगद ३ लाख पुरस्कार सहित वीर गणेशमान बाल प्रतिभा पदकद्धारा विभुषित गरेको थियो ।
उनले गरेको साहसी कार्यको कदर गर्दे विभिन्न सरकारी तथा गैर सरकारी निकायले उनलाई नगद सहित सम्मान गरेको थियो ।
कमल नेपालीले जेभियर इन्टरनेसनल स्कुल काठमाडौबाट एसइइ सम्मको अध्ययन गरे । उनको पढाईमा खासै रुचि नभएकोले त्यस पछिको अध्ययन अघि बढेन ।
थप अध्ययन गर्न इच्छा नगरे पछि ३ महिना मेरै घरमा राखेर बारिष्टा तालिम लिन लगाएको प्रतिष्ठानका उपाध्यक्ष राम बहादुर बल्कुटीले बताए । ‘उनको रुचि खेलकुद र चित्रकला भएकोले हामीले सोही बमोजिम उनलाई सहजीकरण गरेका छौ ।’ बल्कुटीले भने ।