अमेरिकन एम्बेसी युथ काउन्सिल नेपालको सचेत परियोजना कार्यक्रम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । अमेरिकन एम्बेसी युथ काउन्सिल नेपालले पोखरामा सचेत परियोजना कार्यक्रम गरेकाे छ । परियोजना अन्तर्गत गलत सूचनाको समाना गर्दै लोकतन्त्र बलियो बनाउने विषयमा छलफल गरिएको थियो ।

उक्त छलफलमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकिय अधिकृत दिपक रेग्मी, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, अधिवक्ता दुर्गेशराज पन्त लगायत सहभागी थिए । उनीहरुलाई अमेरिकन एम्बेसी युथ काउन्सिल नेपालका प्रतिनिधि ममता शिवाकोटीले सहजीकरण गरेकी थिईन् ।

छलफलमा गलत सूचनाले जनतामा पार्ने प्रभावका बारेमा चर्चा गरिएको थियो । सूचना नीति, हतियार र शक्ति हुँदा हुँदै पनि गतल प्रवित्तिका कारण समस्या परेको पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीले बताइन् ।

पछिल्ला समय सूचना प्रविधिको युगमा हाते सुचना प्रविधिले सहि र गलत छुट्याउन चुनौती रहेको उनको भनाई थियो ।

टिकटक, युट्युब जस्ता सामाजिक सञ्जालहरु पत्रकार महासंघभन्दा बाहिर रहेकाले सरकारले यसलाई सहि ट्रयाकमा ल्याउने खालका योजना बनाउनुपर्नेमा उनको जोड थियो ।

केहीले राम्रो गरेपनि नराम्रो गर्नेहरुलाई पत्रकार महासंघको खबरदारी रहने उनको भनाई थियो । अधिवक्ता अधिवक्ता दुर्गेशराज पन्तले पत्रकारहरु आफै सचेत हुनुपर्ने समय आएको बताए ।

सुचना प्रविधिको युगमा धेरै अनाधिकृत सञ्चार माध्यम खुलेकाले तिनीहरुको पहिचान गरी कानुनी उपचारमा लाग्नुपर्ने उनको सुझाव थियो ।

पत्रकारहरुका लागि पनि प्रेस काउन्सिल मार्फत माफ माग्ने मात्र नभई गल्ती गरेको खण्डमा दण्ड जरिवाना गरिनुपर्ने उनको भनाई थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकिय अधिकृत दिपक रेग्मीले नेपालको प्रचलित कानुनभन्दा माथि कोही नभएकाले गतल सूचना दिने व्याक्तिहरु कानुनी दायरामा आउनुपर्ने बताए ।

विशेषगरी निर्वाचनका समय र विशेष गतिविधि हुने समयमा गलत सूचना दिने कार्य बढ्ने भएकाले मिडियाले त्यसलाई चिन्नसक्नु पर्ने उनको धारणा थियो ।

अमेरिकन एम्बेसी युथ काउन्सिल नेपालका प्रतिनिधि टुण्डे सेप्लेईले सूचनाको समाना गर्दै लोकतन्त्र बलियो बनाउनु आजको आवश्यकता रहेको बताइन् ।

यसका लागि मिडिया अझ बढि चनाखो भएर लाग्नुपर्ने उनको भनाई थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्