साढे तिन करोड लगानीमा खुल्याे लेकसाइडमा “ब्लुज हाउस” रेष्टुरेन्ट एण्ड बार

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पोखरा महानगरपालिका ६ लेकसाइड गैराको चाैतारामा नयाँ रेष्टुरेन्ट “ब्लुज हाउस” रेष्टुरेन्ट एण्ड बार संचालनमा आएको छ । पर्यटन क्षेत्रमा लामो समय विताएका युवा व्यवसायीहरु पोखरा ६ बैदाम निवासी ईश्वर बराल, मिलन गुरुङ, बुद्धि थापा, ईश्वर कुमार श्रेष्ठ, सरोज कुमार श्रेष्ठ र बद्री श्रेष्ठ लगायतले संयुक्त लगानी गरी रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

व्यवसायी ईश्वर बरालकाे आफ्नै पैतृक निजि जग्गामा साढे तीन कराेडकाे लगानीमा रेष्टुरेन्ट सञ्चालनमा आएकाे हाे ।

रेष्टुरेन्टको सोमबार पोखरा ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई र स्थानिय समाजसेवी राधादेवी बरालले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।

भट्टराईले नेपालमै केही गर्नुपर्छ भन्ने सोचले खोलेको रेष्टुरेन्टको सफलताको कामना गरे । उनले स्थानिय युवाहरुले सुरुवात गरेको व्यवसायलाई स्थानिय बासिन्दाहरुले सहयोग गर्नुपर्नेमा जोड दिए ।

विदेशमा गएर गरिने मेहेनत र लगानी नेपालमै गर्न सकियो भने विदेशमा गएर बगाएको पसिना भन्दा आफ्नै क्षेत्रमा बगाएको पसिनाको महत्व बढी हुने उनकाे भनाई छ ।

वडाध्यक्ष भट्टराईले काम सानो ठुलो नहुने भन्दै आफ्नै क्षेत्रमा पेसा ब्यवसाय गरेका पर्यटन युवाहरुलाई वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

समाजसेवी राधादेवी बरालले युवाहरुको जोश जागर लाई उत्पादन क्षेत्रमा प्रयोग गर्ने सकेमा राष्ट्र समवृद्दि तर्फ आगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।

सञ्चालक समितिका अध्यक्ष ईश्वर बरालले रेष्टुरेन्टमा २० जनालाई रोजगारी दिईएको जानकारी दिए । उनले भने:- “खाना र संगित को कला” भन्ने आर्दशलाई आत्मसाथ गर्दै नेपालीहरुकाे महान पर्व विजयादशमीकाे शुभारम्भ घटस्थापनाकाे दिन पारेर रेष्टुरेन्ट व्यवसाय सञ्चालनमा ल्याएका छौं।”

खानासँगै संगीतको कला मार्फत ग्राहकलाई मनोरञ्जन दिने उद्देश्यले रेष्टुरेन्टको आकृर्ति पनि तेही अनुरुपमा डिजाइन गरिएको अध्यक्ष बरालले जानकारी दिए । नेपाली र स्थानिय कला संस्कृती झल्कने गरि बनाइएको रेष्टुरेन्टबाट साँझमा फेवा तालमा छायाँ देख्न सकिने उनकाे भनाई छ ।

रेष्टुरेन्टका लगानीकर्ता मिलन गुरुङले नेपाली युवाहरुलाई नेपालमै स्वरोजगार हुन प्ररित गर्ने उद्देश्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताएका छन । भविष्यमा पोखराका अन्य ठाँउमा पनि शाखा खोल्ने योजना रहेको उनकाे भनाई छ ।

चाइनिज, इटालियन र कन्टिनेन्टल खानाको परिकारहरुको स्वाद लिन पाइने रेष्टुरेन्टमा शुभारम्भ तथा चाडपर्वको अवसरमा हरेक मेनुमा १० प्रतिशत सम्म छुट दिइने गुरुङले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्