पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला बास्केटबल तनहुँमा हुने भएको छ । केहि दिन अघि राष्ट्रिय खेलकुद परिषदले पोखरामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको खेल स्थल तालिकामा तनहुँ जिल्ला अटेको थिएन ।
पूर्व प्रदेश मन्त्रीद्धय किरण गुरुङ,हरि बहादुर चुमान,व्यासनगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने,खेल पत्रकार र खेल संघका पदाधिकारीले तनहुँ जिल्लामा नवौ राष्ट्रिय प्रतियोगिताका केहि खेल आफ्नो जिल्लामा हुन पर्ने अडान राखे पछि अन्तत ः नवौ राष्ट्रिय प्रतियोगिताको ३६ खेल मध्य महिला बास्केटबल तनहुँको दमौलीमा हुने भएको हो ।
तनहुँबाट दबाब आए पछि राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल स्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले असोज ३ गते तनहुँको दमौली पुगेर त्यहाँका खेल स्थल अवलोकन गरेको थिए ।
खेल स्थल अवलोकन पश्चात गुरुङले स्थानिय प्रशासनको साथ पाए निर्मल माविको खेल मैदानमा महिला बास्केटबल हुने संकेत गरेका थिए ।
आज उनले तनहुँ पुगरे खेल स्थलको अवलोकन गरे पछि महिला बास्केटबल तनहुँ जिल्लाको सदरमुकाम दमौली स्थित निर्मल माविमा हुने उद्धघोष गरेका हुन ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल प्रतियोगिता हुने भनिएको निर्मल माविको बास्केटबल कोर्ट करिब ३ बर्ष अघि राष्ट्रिय खेलकुद परिषदको ४० लाख लगानीमा स्थापना भएको तनहुँ जिल्ला खेलकुद विकास समितिका प्रमुख शिव हरि पंण्डितले बताए ।
तनहुँ जिल्ला खेलकुद प्रतियोगिता गर्न सक्षम छ ः व्यासनगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने
“नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको बारे खेल संघ संग क्मुनिकेशन ग्याप भयो,खेलस्थल तालिकामा तनहुँ जिल्लाको नाम नदेखे पछि हामी तातिएका हौ । राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरु संग कुरा ग¥यौ र खेल मैदान देखायौ,उनीहरुलाई हामी राष्ट्रिय प्रतियोगिताको लागि आवश्यक सबै व्यवस्थापन गर्न सक्छौ भन्ने प्रतिबद्धता जनाईसकेर काम शुरु गरे पछि नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल तनहुँमा गर्ने पक्का भएको छ ।”मेयर न्यौपानेले भने ।
तनहुँ जिल्लामा आयोजना हुने महिला बास्केटबल प्रतियोगिता सफल बनाउनको लागि व्यासनगरपालिका लगायत अन्य स्थानिय निकायले पनि सहयोग गरेको छ । जसमा व्यासनगरपालिकाले ७ लाख ३० हजार,शुक्लागण्डकी नगरपालिका,भानु नगरपालिका र भिमाद नगरपालिकाले १/१ लाख सहयोग गरेको छ ।
त्यस्तै घिरिङ गाउँपालिका,रिसिङ गाउँपालिका,म्याग्दे गाउँपालिका,बन्दिपुर गाउँपालिका,आबु खैरेनी गाउँपालिका र देवघाट गाउँपालिका गरि ६ गाउँपालिकाले ५०/५० हजार सहयोग गरेको व्यासनगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बताए ।
‘सात लाख ३० हजार चान चुनमा खेल मैदान बिस्तारको लागि व्यासनगरपालिकाले खर्च गर्ने छ , ठेकेदारले दिन रात गरेर भए पनि खेल मैदान समयमा तयार गर्ने बताएको छ ।’ त्यसको लागि काम धे्रै अघि बढेकोले अब खेल हुन्न कि भन्ने शंका नगर्न मेयर न्यौपानेले खेलप्रेमी र खेलाडीहरुलाई आग्रह समेत गरे । उनले भने तनहुँ जिल्ला राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सक्षम छ । ’










