
तिर्थ के.सी./पोखरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले आज कास्की क्षेत्र नम्वर १ को ‘क’बाट प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । उनी पूर्व स्वास्थ्यमन्त्री समेत हुन् ।
राजनीतिमा तलबाट माथि जानुको सट्टा माथिबाट तल फर्कने पद्धतिको शुरु किन सुरु गर्नुभयो ? भन्ने पत्रकार शिवराज बस्ताकोटी ‘शिवदाइ’को प्रश्नमा अधिकारी भन्छन्- “प्रदेशको औचित्य पुष्टि गर्न प्रदेशमा मेरो उम्मेदवारी हो ।”