कविता: “कति चोखो निश्चल छ स्याङ्जालीको माया”

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

लेखक: विश्व पाैडेल।
आँधिखोला सुशेलीमा पञ्चासेको छाँया
कति चोखो निश्चल छ स्याङ्जालीको माया !
रामकोट र साल्मेडाडा हिमाल हेर्दै टोलाउने
सुशेलेर पारीबाट नुवाकोटले बोलाउने !!

गर्ह्रौसुरले आँखा झिम्क्याई वालिङलाई हेरेपछि
सिर्सेकोटको सुन्दरतालाई प्रकृतिले घेरेपछि !
चण्डिथानको दर्शन गरी पाईला अघि बढाउला
गण्डकीको जल बोकी आलमदेबि चडाँउला !!

जुम्लिथान रमाउदै अन्धाअन्धी झरेपछि
डहरे र पञ्चासेमा हरिण मृग चरेपछि !
आँरूखर्क बागे हुँदै भञ्ज्याङमा रूकेपछि
श्रवणकुमार समाधीमा भावुक हुँदै झुकेपछि !!

स्वरेकको प्यालाग्लाईडिङ्ग, सुन्तलाको खानीमाथि
नौका बिहार जल बिहार गण्डकीको पानीमाथि !
कोल्मेलीको मीठो स्वर ज्याग्देलीको सुशेलीमा
रापाकोटको चौतारी र पञ्चमुलको कोशेलीमा !!

लेखक: स्याङ्जा जिल्ला आँधिखाेला गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ ।
लेखक:स्याङ्जा जिल्ला आँधिखाेला गाउँपालिकाकाे अध्यक्ष हुनुहुन्छ ।

डहरेको काफल गेडी हरिनाशको अमलामा
पञ्चासेको सुनखरी बजारको गमलामा !
कलकल बग्ने ज्याग्दि खोला रमाईलो चिन्नेबास
चापाकोटमा उन्नत भैंसी सेखामको घाँसपात !!

टक्सारको प्युरीदोभान मग्यामको फाँट राम्रो
चित्रेभञ्याङ् सहिद पार्क के छैन र साथि हाम्रो !
गल्यङ् बजार रमाउदै पेलाकोट चढेपछि
कस्ले रोक्छ कस्ले छेक्छ आँधी ज्याग्दि बढेपछि !!

आँधिखोला लहर छर्दै मिर्मि तिर झरेपछि
रूरूक्षेत्र दर्शन गरी चण्डिभञ्याङ तरेपछि !
गण्डकीले नागबेली केलादिघाट घेरेपछि
बेलटारिमा पुगिकन पावरहाउस हेरेपछि !!

न त लुक्छ पुर्कोट डाँडा न त झुक्छ गृहकोट
भनिसाध्य छैनन् यहाँ मस्तिज गुम्बा मन्दिर मोठ !
बादलुले घुम्टो ओढाई स्याङ्जा बजार चुमेपछि
बल्ल थाहा पाउथ्यौ हजुर सबै ठाउँ घुमेपछि !!

सेतिबिनि स्टिमरमा नौका बिहार लाएपछि
एलादिको सुन्तालाको मीठो स्वाद खाए पछि !
माझकोटको चौतारिमा हिमाल हेर्दै झुलेपछि
स्वर्ग पनि भुलिने छ स्याङ्जा जिल्ला डुलेपछि !!

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्