नवौं राष्ट्रिय खेलकुद : पुरुष भलिबलको फाइनलमा आर्मी र एपीएफ भिड्ने

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ फाइनलमा भिड्ने भएका छन् । पोखरा रंगशालामा भलिबल कोर्टमा बुधबार साविक विजेता पुलिसलाई हराउँदै्र विभागीय डर्बीमा आर्मीले बाजी मा¥यो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई हरायो ।

सेमिफाइनलमा आर्मीले ३–१ को सेटमा पुलिसलाई पराजित गरेको हो । आर्मीले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट भने २१–२५ ले पुलिसलाई सुम्पियो । तेस्रो र चौंथो सेट क्रमशः २५–२३ र २५–१९ ले जित हात पार्दै आर्मीले उपाधि दाबेदारको यात्रा तय ग¥यो ।
घरेलु मैदानमा खचाखच दर्शकको साथ पाउँदापाउँदै गण्डकी फाइनलबाट बञ्चित हुन पुग्यो । विभागीय टिम एपीएफसँग गण्डकीले तीनवटै सेट गुमायो ।

एपीएफले २५–२१ ले पहिलो सेट ल्याउँदा दोस्रो सेटको जित भने कठिनपूर्ण बन्यो । प्रतिस्पर्धात्मक दोस्रो सेट २७–२५ ले गण्डकीलाई पराजित ग¥यो । तेस्रो सेटमा गण्डकीको खेल खस्किँदा एपीएफले २५–१२ मै समेट्यो ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन बिहीबार पुरुष भलिबलको फाइनलमा विभागीय डर्बीमा प्रतिस्पर्धा हुने छ । पोखरा रंगशालामा भोलि (बिहिबार) नै आयोजक गण्डकी र नेपाल पुलिस कलब बिच प्रतिस्पर्धा हुने समय तालिका रहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्