कास्की काँग्रेसका प्रभावशाली नेता कृष्ण थापा एमालेमा प्रवेश,भन्छन्ः‘स्थायी राजनीति एमालेले मात्र गर्न सक्छ’

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
नेपाली काँग्रेस कास्कीका प्रभावशाली नेता कृष्ण थापा काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमवार पोखरा सभागृहमा पार्टी अध्यक्ष केपी ओली सम्मिलित निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको वृहत कार्यकर्ता भेलामा उनी एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेपछि छोटो प्रतिक्रिया दिदै थापाले आफ्नो स्वःइच्छा र राष्ट्रिय परिस्थिति अनुसार नेकपा एमालेमा प्रवेश गरेको बताए । उनले भने–‘अहिले राष्ट्रिय परिस्थितिअनुसार राष्ट्र र राष्ट्रियताको लागि स्थायी राजनीतिको आवश्यकता छ । त्यो खालको स्थायी राजनीति नेकपा एमालेले मात्र गर्न सक्छ भन्ने मेरो बुझाई र दृढ विश्वास पनि छ,त्यसबाट नै प्रभावित भएर देशको विकासको लागि म नेकपा एमालेमा प्रवेश गरेको हुँ ।’

उनले कसैको करकाप नभई र कुनै शर्त नराखि पार्टी प्रवेश गरेको बताउँदै पुर्व पार्टी र पार्टीका नेताहरुप्रति कुनै विमति र असयोग नरहेको जानकारी दिए ।

पोखरामा रहेर दुई दशक भन्दा बढि समय पत्रकारिता गर्दै आएका उनी सराङकोट बुउद्देश्यीय सहकारीको अध्यक्ष तथा रेडियो सराङकोटको सञ्चालक समेत हुन् ।

विभिन्न सामाजिक तथा वित्तीय संघ संस्थामा आवद्ध उनी क्षेत्री समाज नेपालको केन्द्रिय उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख समेत रहेका छन् ।
उनले समय परिस्थिति अनुसार एमालेमा प्रवेश गरेपनि आफू आवद्ध संघ संस्थाहरुमा कुनै राजनीति रूपमा नहेरी संस्थाको पुर्ण हितमा पूर्ववत रुपमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

यसैविच सोहि कार्यक्रममा माओवादी केन्द्र रुपागाउँपालिका अध्यक्ष नवराज बरालसहित १ सय ५२ जना एमालेमा प्रवेश गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्