कास्की २ मा एमालेका बौद्धिक र उद्यमी मातृशक्ति उम्मेदवार प्रतिष्पर्धामा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

हरिप्रसाद वाँस्तोला/रासस ।
पोखरा, ३० कात्तिक ।
मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ दलहरुले महिलालाई कम अवसर दिएका छन् । संसदमा एक तिहाई महिला हुनै पर्ने संवैधानिक व्यवस्था छ । समानुपातिक सूचीबाट उक्त व्यवस्था पूरा गर्नुपर्ने हुन्छ ।

गण्डकी प्रदेशभित्र एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ३ जना र प्रदेशमा ३ जना महिला उठाएको छ । सत्ताको नेतृत्वमा रहेको नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट संघ र प्रदेश दुवैतिर महिलालाई उम्मेदवार बनाएको छैन । माओवादी केन्द्रले प्रदेश सभामा १ जना उठाएको छ । संघमा माओवादीबाट उम्मेदवारी शून्य छ ।

यद्यपी कास्की निर्वाचन क्षेत्र नं. २ को भने अवस्था फरक छ । यस क्षेत्रमा नेकपा एमालेबाट ६६ प्रतिशत महिला उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् ।

नेपालको संविधानले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । संविधान निर्माणमा सहभागि दलहरुबाटै कतिपय क्षेत्रमा सशक्त रुपमा कार्यान्वयनसंगै व्यवहारमा उतारेको नपाइएपनि कास्की क्षेत्र नं. २ मा एमालेले भने प्रतिनिधि सभा र एक प्रदेश सभा सदस्यमा मातृशक्तिलाई प्राथमिकताका साथ प्रतिष्पर्धामा उतारेको हो ।

कास्की निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा बौद्धिक व्यक्तित्व विद्या भट्टराई अधिकारी र २ (ख) प्रदेश सभा सदस्यमा उद्यमी व्यवसायी महिला उम्मेदवार मिना गुरुङ पाँच दलीय गठबन्धनका पुरुष उम्मेदवारसँग प्रतिष्पर्धामा उत्रिएकी छन् ।

नेकपा एमालेकी केन्द्रीय सदस्य भट्टराई पृथ्वीनारायण क्याम्पसबाट प्राध्यापन शुरु गरि डेढ दशक भन्दा बढी प्राध्यापन पेशामा संलग्न रहिन् । उनी विकास प्रेमी नेता रविन्द्र अधिकारीको धर्मपत्नी हुन् । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि उनी त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदबाट राजिनामा दिएर २०७६ को उपनिर्वाचनमा एमालेका तर्पmबाट उम्मेदवार बनेकी थिईन् ।

नेपाली कांग्रेसका खेमराज पौडेललाई पछि पार्दै भारी मतका साथ विजयी भएकी नेत्री भट्टराई २०७९ सालको मंसीर ४ को निर्वाचनमा भने पाँच दलीय गठबन्धनतर्पm एकिकृत समाजवादी (एस) का पोलिटव्यूरो सदस्य श्रीनाथ बरालसँग उच्च प्रतिपर्धामा छन् ।

उपनिर्वाचनमा निर्वाचित भएपछि लगत्तै विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरका कारण विकास निर्माणका साथै जनता माझ भौतिक रुपमा उपस्थित हुन नसकेकी भट्टराईले संसदीय अभ्यासमा भने राम्रो अनुभव लिईसकेकी छन् ।

एमालेले कास्की २ (ख) बाट प्रदेश सभा सदस्यमा उद्यमी एवम् सफल व्यवसायी महिला मिना गुरुङलाई उम्मेदवार बनाएको छ भने गठबन्धनको तर्पmबाट नेपाली कांग्रेसका नेता एवम् गण्डकी प्रदेश सरकारका मन्त्री विन्दुकुमार थापा निर्वाचनको मैदानमा उत्रिएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ(जिफण्ड) मा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेकी गुरुङ गण्डकी प्रदेश सभामा समानुपातिक सांसद थिईन् । कोभिडको महामारीमा उनले श्रमिक मजदुरको चुलो बाल्ने र घरमा पठाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।

एमालेले गण्डकी प्रदेश सभाको समानुपातिकतर्पm मेडिकल क्षेत्रमा आवद्ध वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. छममाया पुनलाई अघि सारेको छ । उनीहरु यतिखेर संगसंगै पार्टीको घोषणापत्र, प्रदेश प्रतिवद्धतापत्र उम्मेदवार परिचय सहित मतदाताको घरदैलोमा व्यस्त छन् ।

 

त्यसैगरि एमालेको तर्पmवाट निर्वाचन क्षेत्र नं.२ (क) बाट प्रदेश सभा सदस्यमा पार्टी केन्द्रीय कमिटि सदस्य भिमबहादुर कार्कीलाई प्रत्यक्षतर्पm उम्मेदवार बनाएको छ । नेकपा माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछाने उनको प्रतिष्पर्धी हुन् ।

गण्डकी प्रदेशका निवर्तमान उपसभामुख सिर्जना शर्माले राजनैतिक दलले निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्पm ३३ प्रतिशत महिला उम्मेदवार बनाउनु पर्नेमा जोड दिईन् ।

उनले सामाजिक विभेद र आर्थिक असमानताका कारण महिलाहरु राजनैतिक प्रतिष्पर्धी बन्नबाट बञ्चित भएपनि विद्या भट्टराई र मिना गुरुङ यतिखेर सिंगो आधा आकाश ढाकेका महिलाको लागि प्रेरणाका श्रोत बनेको बताईन् । ‘सुशासनयुक्त समाज निर्माणमा पुरुषको तुलनामा महिला बढी जिम्मेवार बन्ने अवसर प्राप्त गरेका महिलाको कार्य दक्षताले पुष्टी गरेको छ ।’ उनले भनिन्–‘प्रचारप्रसारको क्रममा घरदैलो कार्यक्रममा महिला उम्मेदवार पाउँदा मतदातामा समेत उत्साह बढ्ने देखियो । अवसर पाए महिला पुरुष भन्दा कुनै क्षेत्रमा पनि कमि हुँदैनन् भन्ने विश्वासका साथ मुलुकका सबै राजनैतिक पार्टीले प्रत्यक्ष निर्वाचनमा ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउनु पर्दछ ।’

गठवन्धनको कारण कतिपय सक्षम महिला नेत्रीहरु मर्कामा परेको बताउँदै उनले संविधान पूर्णरुपमा पालन गर्नका लागि महिलाको मात्र प्रतिष्पर्धा गर्ने निर्वाचन क्षेत्रको समेत व्यवस्था गर्नुपर्नेमा जोड दिईन् ।

निर्वाचनमा सवै राजनैतिक दलले संवैधानिक व्यवस्था अनुसार प्रत्यक्षतर्पm महिला उम्मेदवार बनाउन सकेका छैनन् । मुलुकमा विभिन्न राजनैतिक दल सहित कुल दुई हजार १२ जना उम्मेदवार मध्ये २२५ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जसमा प्रत्यक्षतर्पm महिला उम्मेदवारको संख्या नौ दशमलव ३३ प्रतिशत मात्र रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्