कास्की २ का स्वतन्त्र उम्मेदवार महादेव गुरुङ,चुनाव चिन्ह पुतली

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

महादेव गुरुङ वि.सं. २०११ मा कास्कीको पोखरामा जन्मेका हुन् ।

उनी साबिकको भदौरे तामागी गा.वि.स. कुद्बिडाँडामा बाबू श्रीभक्त गुरुङ र आमा गंगा गुरुङका ६ सन्तान मध्येका कान्छाे सन्तानका रूपमा जन्मेका हुन् । मध्यम वर्गीय परिवारमा जन्मे पनि पैसा नै सब थोक हो भन्ने सोच गुरुङमा कहिल्यै आएन । सेवा नै धर्म हो भन्ने संस्कार आफ्नो आमाबाट लिएको गुरुङले बताए ।

डेढ वर्षको हुँदा बुवाको देहावसान भयो । बाबुको मायाको आभास कहिल्यै गर्न नपाए पनि आमाले त्यो मायामा कमि हुन नदिएकाे स्मरण गर्छन उनी ।

आमाले दुखगरि शिक्षामा जोड दिईन् । बि.ए सम्मको औपचारिक शिक्षा हाँसिल गरेका गुरुङले राजनीतिलाई संधै सेवाको रुपमा लिए । गुरुङलाई स्वच्छ छवि भएको नेताका रुपमा जनताले चिन्ने गर्छन ।

गुरुङको राजनितिक जीवनका घटनाक्रम

वि.सं. २०२५ सालमा विद्यार्थी जीवनबाट नेपाली काँग्रेसको राजनितिमा प्रवेश गरे । त्यति बेला आफैलाई शिक्षा दिने निलकण्ठ गुरुबाट प्रभावित भएको गुरुङले बताए । वि.सं. २०२७ मा बराही मा वि को छात्रसंघको सभापतिमा निर्वाचित भए । बि.सं. २०३६ मा विद्यार्थी आन्दोलनमा सक्रिय रहि महत्त्वपूर्ण भुमिका निर्वाह गरे ।

वि.सं. २०४६ मा पन्चायतको विरुद्धमा संयुक्त जनआन्दोलन घोषणासंगै गुरुङलाई प्रहरीले पक्राउ गरि जेल चलान गर्‍यो । केही समय पोखरा कारागारमा राखी लम्जुङ कारागार सरुवा गर्‍यो । बहुदलिय ब्यवस्था घोषणा भए लगत्तै गुरुङलाई प्रहरीले रिहाई गर्‍यो ।

विख.सं. २०४८ मा प्रतिनिधि सभाका लागि कास्की क्षेत्र नं. ३ बाट उम्मेदवारी दिए । मतदानको दिनमा मतदान गरि पोखरा फर्कदा सृजना चोकमा एमाले कार्यकर्ताबाट सांघातिक आक्रमण भयो । पोखरामा उपचार हुन नसके पछि गिरिजाप्रसाद कोइरालाले काठमाडौ टिचिङ हस्पिटलमा उपचारको ब्यवस्था मिलाए । गुरुङको मतदानकेन्द्रमा पुन मतदान भएको र परिणाम आफ्नो पक्षमा नभएको कुरा गुरुङले अस्पतालको बेडमा सुने ।

वि.सं. २०४९ को स्थानीय निर्वाचन पछि गुरुङ कास्की जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भए । सभापतिमा रहँदा कास्कीमा अधिकांश ठाउँमा सडक बाटोको सुरु गरे । त्यो बेला हङकङमा जन्मिएका मानिसले जन्मस्थान हङकङ राखी नागरिकता बनाए आइडी पाउने ब्यवस्था थियो । तर सि.डि.यो.ले नागरिकता बनाउँदा भ्रष्टाचार गरेको बारेमा जनताले सभापतिको नाताले उहालाई गुनसो गरे पछि गुरुङले गृहमन्त्रीलाई भ्रष्ट सिडियोलाई कार्वाहीको माग गरे र यदि तपाईंले कार्वाही नगरे म आफैले कार्वाही गर्छु भने, तर मन्त्रीले कुनै कारवाही नगरे पछि गुरुङ आफैले सिडियोलाई कार्वाही भन्थे ।त्यो समय उनलाई सिडियो पिट्ने सभापति सम्म भन्थे ।

सभापतिमा रहँदा अर्को चर्चाको बिषय हल्लनचोक-पामे-घाटिछिना सडक बन्यो । यो सडक निर्माण सुरुवात गरे संगै आफ्नै पार्टीले र अन्य पार्टी नै लागेर रोक्ने प्रयास गरे । महादेवले फेवाताल पुर्न लाग्यो भन्ने कुरा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समक्ष पुर्‍याउने र गुरुङलाई बाटो रोक्न अनुरोध गर्न गुहारे ।

गिरिजा प्रसाद कोइरालाले गुरुङलाई फोन गरेर बाटो निमार्ण कार्य रोक्न लगाएका थिए । तर गुरुङले सधै सत्य र जनताको हितमा हुने काम कुनै हालतमा नरोक्ने कुरामा अडिग भए । आफ्नो कुरा पनि नमान्ने भनेपछी गिरिजा बाबुले जवाफमा गुरुङले जाहेज कुरा मान्ने तर नाजायज कुरा कसैको नसुन्ने भनी उक्त सडक निर्माण कार्यलाई निरन्तरता दिए । जनताको साथ र सहयोग लिइ समपन्न गरे । तत्पश्चात महादेबले कसैको दबाव नमान्ने र जनताको नेताको रुपमा चिनिन थाले ।

बि.सं. २०५६ मा उनी कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । सोही समय पर्यटन राज्य मन्त्री पनि भए तर त्यो समय माओवादी आन्दोलनले गर्दा जनताको अपेक्षा अनुसार काम गर्न सकेनन् ।

वि.सं.२०६४ को आम निर्वाचनमा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले कास्कीको २ नम्बर क्षेत्रमा उठ्न भने तर गुरुङले फरक मत राखी टिकट लिन अस्विकार गरे ।

वि.स.२०७० मा पार्टीबाट दवाब परेपछी कास्की क्षेत्र नं. ३ बाट को प्रतिनिधि सभा सदस्य उम्मेदवारी दिए ।

नेपाली कांग्रेस भित्र बढ्दो गुटबन्दी,बिपिको बिचार र सिद्धान्तको बारेमा सचेत गुरुङ संधै पार्टीमा फरक मत राख्ने गर्थे ।

गुरुङले अहिले कास्की क्षेत्र न.२ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन । पार्टिले गठबन्धनका नाममा पार्टीको सिद्धान्तलाई वेवास्था गरेको र काँग्रेसको आफ्नो उम्मेदवार नभएकोले उम्मेदवारी दिएको गुरुङले बताए । आफू रुख चिन्ह लिएर चुनावमा जान नपाए पनि आफू काँग्रेसको उम्मेदवार भएको र बिपिको सिद्धान्तमा निरन्तर हिडिरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्