पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

कास्की ३ (१) मा एमालेका गणेशमान गुरुङ विजयी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कास्की क्षेत्र नं. ३ (१) प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ निर्वाचित भएका छन् । उनका निकटतम गठबन्धनका तर्फबाट माओवादीका दुर्गादत्त भण्डारीलाई ४४०९ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

एमालेका गुरुङले १२६७४ मत प्राप्त गर्दा माओवादीका दुर्गादत्त भण्डारीले ८२६५ मत प्राप्त गरेका थिए । त्यस्तै हाम्रो नेपाली पार्टी लौरो चिह्नबाट खिम प्रसाद तिमिल्सिनाले २४१३ मत प्राप्त गरे ।

कास्की क्षेत्र नम्बर ३ (१) मा जम्मा मतदाता संख्या ५२८६२ रहेका छन् भने कुल २८८४३ मत खसेको थियो । यसमध्ये कुल सदर मत २७७५८ रहेको थियो भने १०८५ बदर भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्