सिएसआइटि विद्यार्थी संगठनको पद हस्तान्तरण तथा आइटी सम्बन्धी छलफल

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । सिएसआइटि (CSIT) विद्यार्थी संगठनको पद हस्तान्तरण समाराेह तथा आइटी सम्बन्धी छलफल कार्यक्रम २०७९ सम्पन्न भएको छ । सिएसआईटि विद्यार्थी संगठनले पृथ्वीनारायण क्याम्पसमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा उज्ज्वल पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ। उपाध्यक्षमा कपिल कार्की र शकविता सुवेदी, सचिवमा अन्जन पराजुली, सह-सचिवमा असीम त्रिपाठी, कोषाध्यक्ष चिरञ्जीवी रिमाल,सह-कोषाध्यक्षमा रश्मी के सी चयन भए ।

सदस्यहरुमा क्रमश : नवीन लम्साल, सृष्टि बस्नेत, एन्जेला बस्नेत, सुदिप पौडेल प्रकृति तिमिल्सिना, विशाल पौडेल, अनिश रेग्मी र सम्झना चौधरी चयन भए ।

प्रमुख अतिथि पृथ्वी नारायण क्याम्पसका डिपुटी क्याम्पस चिफ तथा बिएससी सिएसआईटि संयोजक , सहप्राध्यापक मीराज लम्सालले क्याम्पसमा सिएसआईटि कार्यक्रम अन्तर्गत भइरहेका र भावी योजनाका बारेमा बताए ।

एसीएस (ACS) संस्थालाई यस्ता कार्यक्रमहरुले सही बाटोमा अघि बढ्न प्रेरित गर्ने पनि लम्सालले बताए ।

त्यस्तै गण्डकी प्रदेश एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका बैज्ञानिक सन्तोष कोइरालाले सिएसआईटिका विद्यार्थी हरुका लागि (जिपीएएसटी) GPAST भित्र ठूलो सम्भावना रहेको कुरा राख्दै सहकार्यको बाटो खुलेको जनाए ।

एक्सडिईजेडओ (XDezo) का सिइओ दिनेश थापा तथा यार्सा ल्यावका सह प्रबन्धक सुशील अधिकारीले सूचना प्रविधिको क्षेत्रमा ठूलो सम्भावना रहेको र विद्यार्थीलाई हर तवरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

नव निर्वाचित कार्यसमितिका अध्यक्ष उज्ज्वल पौडेलले पुरानो विरासतको मर्यादा कायम राख्दै संस्थालाई आर्थिक रूपले सुदृढ र सबल बनाउन लागि पर्ने प्रतिबद्धता गरेका छन । उनले सबै समितिका सदस्य तथा विद्यार्थीहरुबाट साथ र सहयोगको अपेक्षा गरेको बताए ।

संस्थाका अध्यक्ष केशव बानियाँको सअध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिका रूपमा
पृथ्वी नारायण क्याम्पसका सहप्राध्यापक तथा सिएसआईटि भाइस काेअर्डिनेटर (CSIT vice-coordinator) चुडामणि सुवेदी, कम्प्युटर एसोसिएसन अफ नेपालका नवनियुक्त अध्यक्ष अनिश गुरुङ , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्