‘पोखरा सडक महोत्सव’काे तयारी पूरा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । २४ औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ तयारी पूरा भएको छ । यहि १३ देखि १७ गतेसम्म हुने महोत्सवकाे तयारी पूरा भएको महोत्सव आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकलाई स्वगत गर्ने उदेश्यले हरेक वर्ष जस्तै वर्ष २०२३ मा पनि महोत्सवको अयोजना गरिएको रेवान पोखराका अध्यक्ष एवं महोत्सव अयोजक समितिका संयोजक नरेश भट्टराइले जानकारी दिए ।

विगतका वर्षहरु जस्तै “सडकमै खाउ, सडकमै रमाउँ” भन्ने नारासहित लेकसाइड क्षेत्रको तीन किलोमिटर मुल सडकमा महोत्सवको आयोजना हुने छ । महोत्सवमा विभिन्न सास्कृतिक कार्यक्रम सहित खानाका परिकारको स्वाद लिन सकिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

सडकमा अत्यावश्यक सवारीसाधनलाई बाधा नपर्ने गरि रेवान अन्तर्गतका व्यवसायीले स्टल सन्चालन गर्ने छन ।कोमागाने पार्कमा दिउँसो चर्चित कलाकारहरुका साथमा लोक दोहोरी तथा हाँस्यब्यङ्य र रातमा राष्ट्रिय तथा स्थानिय ब्यान्डहरुको कन्सर्ट रहने छ ।

महोत्वसमा आउने पर्यटकलाई लक्षित गदैँ सास्कृतिक कार्यक्रम, मौलिक ,भेषभुषा प्रदर्शनी, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँकी प्रदर्शनी, रात्रिकालिन कन्सर्ट, फेवातालमा बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, बेटर रेस, टग अफ बार र पोखराका प्रमुख गन्तब्यसहितको डकुमेन्ट्री प्रदर्शन जस्ता गतिविधि देखाइने आयोजकले जानएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्