बालकुमारी पाैडेल ।
मनाङ,३१ जेठ । मनाङमा विपन्न दलित परिवारका लागि २५ वटा घर बन्ने भएकाे छ ।
जनता आवास जिल्ला समन्वय समितिकाे शनिवार बसेकाे वैठकले चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने गरि विपन्न दलित परिवारका लागि २५ वटा घर बनाईदिने निर्णय गरेकाे हाे ।
गण्डकी प्रदेश सांसद राजीव गुरुङ(दीपक मनाङ्गे)काे संयाेजकत्वमा निर्माण हुने जनता आवास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, गाउँपालिकाका कार्यकारीहरु निर्माण समितिमा रहने कुराकाे जानकारी मनाङ्गेका स्वकिय सचिव तथा प्रवक्ता राेनित गुरुङले सिटिपाेखरा डट कमलाई जानकारी दिए ।
यसअघि पनि सांसद मनाङ्गेकाे संयाेजकत्वमा नै चालु आर्थिक वर्षमा मनाङमा विपन्न दलित परिवारका लागि २५ वटा घर निर्माण भईसकेकाे छ ।