मंगलवारदेखि तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव यहि मंगलवार (माघ २४ गते)देखि हुने भएको छ ।

चापाकोट पर्यटन प्रवद्धन समितिको आयोजनामा पोखरा महानगरपालिका वडा नं.२३ मा पर्ने चापाकोट भ्यु पोइन्टमा तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव यहि माघ २४ गते देखि माघ २८ गतेसम्म हुने भएकाे हाे ।

२५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकाे उक्त महोत्सवमा २५ हजार भन्दा धेरैले अवलोकन गर्ने चापाकोट पर्यटन प्रवद्धन समितिका सचिव घनश्याम पराजुलीले जानकारी दिए ।

सिंगो वडा नं.२३ का प्राकृतिक धार्मिक सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवद्धन गर्ने,पर्यटन पर्यावरण विकास गर्ने,स्वरोजगार निर्माण गरी जनताको आय आर्जनमा वृद्धि ल्याउने महोत्सवको उदेश्य रहेको वडा नं २३ का वडाध्यक्ष रामकाजी गुरुङ्गले बताए ।

चापाकोट पर्यटन प्रवद्धन समितिले बाम्दीबाट सुरु भई भुम्दीकोट पुग्ने पैदलमार्ग सिँढीबाट बाटो बनाउने,अहिले सञ्चालनमा भएको होमस्टे थप गुणस्तरीय बनाई नयाँ थप्ने योजना रहेको चापाकोट पर्यटन प्रवद्धन समितिका अध्यक्ष भिम पराजुलीले बताए।

महोत्सवबाट ३ लाख बचत हुने अनुमान रहेकाे र बचत रकमले स्थानीय पर्यटन प्रवद्र्धको लागी लेकसाइडकाट चापाकोथ सम्म ठाउँ–ठाउँमा सांकेतिक बोड राख्ने,डकुमेन्ट्री निर्माण गर्ने,वेवसाइढ निर्माण गरी पर्यटन क्षेत्रमा प्रचार–प्रसार गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए ।

महोत्सवमा नौमति बाजा प्रतियोगिता,भजन प्रतियोगिता,रत्यौलि प्रतियोगिता हुने जानकारी दिएको छ । जसमा प्रत्येक प्रतियाेगितामा प्रथम पुरस्कार ३३ हजार ३ सय ३३ द्धितियः२२ हजार २ सय २२,तृतियः११ हजार १ सय ११ र सान्तवनाः५ हजार ५ सय ५५ रहेको महोत्सव कार्यक्रमका संयोजक चेतनाथ देवकोटाले जानकारी दिएका छन् ।

महोत्सवमा पुरुष दौड ,महिला दौड,बाल नृत्य,दुना टपरी बुन्ने झाकी तथा घैटो फुटाउने प्रतियोगिताहरु समेत हुने देवकोटाले जानकारी दिएका छन् ।

महोत्सव अबधिभर हल्लनचोक , लाैरुक र घाट्टिछिनाबाट घण्टै पिच्छे यात्रुको चाप अनुसार बसको यातायात व्यवस्था गरिएको गणेश घतानेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्