कास्कीका बक्सिङ खेलाडी हेटौडा प्रस्थान

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । हेटौडामा हुने राष्ट्रिय नवसिस बक्सिङ प्रतियोगिताको लागि कास्कीबाट बक्सिङ टोली सोमबार हेटौडा प्रस्थान गरेको छ ।

फागुन ३० गते देखि चेतको ४ गते सम्म संचालन हुने प्रतियोगिताको लागि कास्कीबाट १२ जना बक्सिङ खेलाडी भुपु बक्सिङ क्लबका वरिष्ठ कोच लोक बहादुर गुरुङको नेतृत्वमा आज हेटौडा प्रस्थान गरेको हो ।

कास्की जिल्ला खेलकुद विकास समितिका सदस्य राजन बडगामीले सोमबार उनीहरुलाई खादा लगाई विदाई गरेको क्लबका उपाध्यक्ष उमा महेश घिमिरेले बताए ।

कास्की जिल्लाबाट उक्त प्रतियोगिताको लागि १० जना पुरुष र २ जना महिला खेलाडी सहित ३ जना अफिसियल हेटौडा प्रस्थान गरेको क्लबका अध्यक्ष मोती प्रसाद गुरुङले बताए ।

‘हाम्रा खेलाडीहरु उत्कृष्ट छन । प्रतियोगितामा कास्की जिल्लाको नतिजा उत्कृष्ट रहने छ ।’गुरुङले भने । बक्सिङ खेल विकासको लागि लामो समय देखि भुपु सैनिकहरु सम्मिलित भुुपु बक्सिङ क्लबले योगदान गर्दे आईरहेको समेत सुनाए ।

उक्त प्रतियोगिताको लागि खेलाडीको साथमा अफिसियलमा निसान गुरुङ र भुवन दियाली पनि हेटौडा प्रस्थान गरेको क्लबले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्