बाल सखा मन्टेश्वरीकाे छैंठाैं वार्षिकाेत्सव तथा पुरस्कार वितरण समाराेह

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा २५ हनुमान चाेकमा रहेकाे बाल सखा मन्टेश्वरीले शनिवार विविध कार्यक्रम गरि छैठाैं वार्षिकाेत्सव मनाएकाे छ ।

साथै कार्यक्रममा शैक्षिक वर्ष २०७९ मा प्रिनर्सरीबाट कक्षा एकसम्म उत्कृष्ट भएका विद्यार्थी र विभिन्न शैक्षिक क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हाे ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए भने युकेजीबाट एक कक्षामा प्रवेश गरेका विद्यार्थीलाई दिक्षित गराईएकाे थियाे।

विगत ६ वर्षदेखि सञ्चालित यस विद्यालयले बालबालिकाको पढाई, सिकाईसँगै बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान गर्ने उद्देश्य लिएकाे छ ।

बालबालिका लक्षित विद्यालयमा २ वर्ष उमेरदेखिका करिव १ सय ३५ जना विद्यार्थी अध्ययरत छन् ।

कार्यक्रममा बाेल्दै दिव्यज्याेति आधारभुत विद्यालयका प्राधानाध्यपक चितानन्द त्रिपाठी, गाैरीशंकर आधारभुत विद्यालयका प्रधानाध्यपक डिल्लीराम तिम्सिना, श्रीराम त्रिपाठी लगायतले मन्टेश्वरीले बालबालिकालाई दिएकाे व्यवहारिक शिक्षालाई सजिलै आंकलन गर्न नसकिने बताए ।

उनीहरुले काँचाे माटाेका रुपमा लिईने बालबालिकालाई सामुदायिक विद्यालयका बालबालिकाका लागि राज्यले जति लगानी गरे पनि मन्टेश्वरीले जस्ताे साेचेअनुसारकाे व्यवहारिक ज्ञान दिन अझै पनि नसकिरहेकाे स्वीकार गरे ।

विद्यालयका संस्थापक अध्यक्ष रेवनाथ  त्रिपाठीकाे  अध्यक्षतामा एकाे कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यपक वसन्ती सापकाेटा त्रिपाठी र सञ्चालन माेहन त्रिपाठीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्