राष्ट्रका लागि संगीत अभियात्राको दशाैं शृङ्खला मंगलवार पोखरामा

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । जनवादी साँस्कृतिक कार्यक्रम चैत २८ गते मंगलबार पोखरामा हुने भएको छ । जनवादी कलाकारहरुले “राष्ट्रका लागि संगीत अभियात्रा” अभियान अन्तरगत दसौं शृङ्खला पोखरा उद्योग बाणिज्य संघमा गर्न लागेको साेमवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छन।

राष्ट्र, देश र जनता अफठ्यारोमा परेको महशुस गरी सांस्कृतिक रुपमा जनतलाई सचेत गराउने उद्देश्यले राष्ट्रका लागि संगीत अभियात्रा सुरु गरिएको जनबादी गायक जीवन शर्माले बताए ।

राष्ट्र र राष्ट्रियता अफठ्यारोमा परेको एक ठाउँ उभिन कलाकारहरुबाट नेताहरुले सिक्नुपर्ने सन्देश दिन खोजेको उनले बताए ।

चैत ४ गते धनगढीबाट सुरु भएको ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ , चैत्र ७ गते सुर्खेतको वीरेन्द्रनगर , चैत्र १० गते दाङको घोराही , चैत्र १३ रुपन्देही बुटवलमा , चैत्र १६ चितवनको भरतपुरमा, चैत्र १८ मकवानपुरको हेटौंडामा, चैत्र २० गते महोत्तरीको बर्दिबासमा, चैत्र २२ गते सुनसरीको धरानमा, चैत्र २५ गते झापाको बिर्तामोड गरि नौ शृङ्खला भइसकेको छ ।

भोली चैत्र २८ गते पोखराको पोखरा उद्योग बाणिज्य संघमा दिउँसो १ बजे देखि हुने कार्यक्रममा जीवन शर्मा, माधव प्रधान, उदय श्रेष्ठ, मणि थापा, कुस्मिता दर्लामी, केशरी घर्ती मगर, उदय रिजाल,नारायण शर्मा, विकास लुंगेली , कर्ण विद्रोही, कविता पुन, मोहित श्रेष्ठ, टेक बलम्पाकी, चिरन सी ,निलिमा पुन, प्रगति महरा, नारायण दङ्गाल, सन्ध्या मगर, कविता पुन, लक्ष्मण पाख्रीन, अनु शर्मा, निशा बुढा मगर लगायतका २३ जना कलाकारहरुको प्रस्तुति रहनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्