पाेखरा ।
पिपल्स बचत तथा ऋण सहकारी पाेखराले नयाँ वर्ष २०८० सालकाे अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्राे विमाेचन गरेकाे छ ।
संस्थाकाे कार्यालय न्युराेडमा आयाेजित एक कार्यक्रममा संस्थाका अध्यक्ष शंकरबहादुर खत्री तथा मणिपाल अस्पतालका आँखा विभागका डाक्टर लक्ष्मण तिम्सिनाले संयुक्त रुपमा २०८० सालकाे भित्तेपात्राे विमाेचन गरेका हुन् ।
संस्थाकाे संचालकहरु,उप समितिका सदस्यहरु र साधारण शेयर सदस्यहरुकाे उपस्थितिमा आयाेजित उक्त कार्यक्रममा संस्थालाई समय अनुकुल अगाडि बढाउन सबैकाे सक्रिय सहभागिता आवश्यकता रहेकाे चर्चा गरिएकाे थियाे ।
साे अवसरमा लिटिल स्टेप बाेडिङ्ग स्कुलकाे संचालक समेत रहेकी संचालक समिति सदस्य राधिका भट्टराईले संस्था प्रविधिमय भईसकेपनि शेयर सदस्यहरुमा सुचना प्रभाव प्रभावकारी रुपमा हुन नसकेको आैंल्याउँदै संस्थाकाे माेवाईल एप्स सम्पूर्ण शेयर सदस्यहरुलाई जानकारी गराउन आवश्यक रहेकाे बताईन् ।
साथै कार्यक्रममा नयाँ वर्ष २०८० सालकाे शुभकामना व्यक्त गर्दै बाेल्ने वक्ताहरुले अहिलकाे सङ्क्रमणमा पनि सहकारीले गरेका कार्यहरुकाे चर्चा गर्दै सहकारी शिक्षालाई अझ प्रभावकारी रुपले शेयर सदस्यहरुमा लागू गर्ने जाेड दिएकाे कुरा संस्थाका मुख्य व्यवस्थापक महेश पाैडेलले जानकारी दिए ।










