
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ स्थित शितलादेवी मन्दिर सेवा समितिको नवौं साधारण सभा तथा चौथो अधिवेशनले मिनकाजी कार्कीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
शनिबार सम्पन्न भएको अधिवेशनले कार्कीलाइ अध्यक्षमा चयन गरको हो । उपाध्यक्षमा शिब बहादुर कार्की,सचिव विष्णु कुमार श्रेष्ठ,सह–सचिव पूर्ण बहादुर गुरुङ,कोषाध्यक्ष सीता शर्मा अधिकारी चयन भएका छन ।
त्यस्तै सदस्यहरु हरि कुमार राजभण्डारी,ईन्द्र कुमारी गुरुङ,शुशिला श्रेष्ठ,रमेश नेपाली,कल्पना कार्की र अखिल सुवेदी रहेका छन ।
प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले उद्धघाटन सत्रमा बौल्दै एैतिहासिक महत्व बोकेको शीतलदेवी मन्दिरको विकासमा वडाले सबै किसिमको सहयोग गर्ने बताएका छन ।
शीतलादेवी मन्दिर सेवा समितिका निर्वतमान अध्यक्ष भुवन प्रकाश आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठ,त्रिशक्ती दुर्गा मन्दिर सेवाका अध्यक्ष नेरश बहादुर कार्की,शितलादेवी सामुदायिक मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीका बहादुर कार्की,समाज सेवी कृषि विज्ञ अनिल सुवेदी,निर्वतमान कोषाध्यक्ष शिव बहादुर कार्की,सचिव विष्ण कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
वि.सं १८०० सालमा निशानथर भएको व्यातिmका नामबाट यस संस्थाको जग्गा भोग चलन भएको इतिहास छ भने पछि उनी नोकरीको शिलशिलामा सेनामा कार्यरत रहेको र त्यहि समयमा आफ्ना सिपाहीहरु बिरामी भई शत्रुसंग लड्न असमर्थ भएको अवस्थामा तिनै व्यतिmलाई राती सपनामा चेष्टा दिई म शितालादेवी हुँ तिम्रा सिपाहीहरु मैले बिरामी बनाएको हो । मेरो सेवा गर तिम्रो मनकामना पुरा हुन्छ । म तिम्रो जग्गा वरीपरी बसेकी छु भनेको हुँदा तिनै व्यतिmले देवीको सेवा गरेको हुनाले सिपाहीहरु निको भई शत्रुलाई पराजय गरी फर्केको इतिहास रहेको छ । सोही जग्गामा भएको शिलालाई मठ बनाई ज्योतिष एवं तान्त्रिकको सल्लाहअनुसार पूजा आजा गर्दे आईरहेको इतिहास
छ ।
नवनिर्वाचित कार्कीले यस्तो एैतिहासिक महत्व बोकेको शितलादेवी मन्दिरमा आउने भक्तजनहरुलाई सहज हुने गरि संरचना निर्माण र मन्दिरको नाममा रहेको जग्गा संरक्षणमा आफुले कुनै कसर नराख्ने बताएका छन ।