नक्कली भुटानी शरणार्थी भ्रष्टचार काण्ड विरुद्व नागरिक समाजकाे धर्ना

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । नक्कली भुटानी शरणार्थी भ्रष्टचार काण्ड विरुद्व नागरिक समाज पाेखराले शान्तिपुर्ण धर्ना दिएकाे छ ।

साेमवार पाेखराकाे शहिदचाेकमा नागरिक समाजले धर्ना दिएकाे हाे ।

कार्यक्रममा नागरिक समाज कास्कीका पुर्व संयाेजक तथा धर्ना कार्यक्रम संयाेजक विष्णुहरि अधिकारीले नाटकीय शैलीमा बाहिरिएकाे भुटानी शरणार्थी प्रकरण नाटकीय शैलीमा सहज अवतरण नहाेस भन्नका लागि दवावमुलक कार्यक्रम गरेकाे बताए ।

उनले नक्कली भुटानी शरणार्थी काण्डमा समातिएका अभियुक्तहरुलाई छानविन गरि कारवाहीकाे दायरामा ल्याउन र उक्त काण्डमा मुछकीएकाहरुले नाटकिय शैलीमा उन्मुति नपाउन भन्ने हेतुले सचेत नागरिककाे हैसियतले
शान्तिपुर्ण धर्ना कार्यक्रम गरिएकाे स्पष्ट पारे ।

अधिकारीले भुटानी शरणार्थी काण्डलाई सेलाउन नदिन र न्यायिक निष्कर्षमा पुगाेस भन्नका लागि
नागरिक समाजले निरन्तर खवरदारी गरिरहने बताए ।

कार्यक्रममा भष्टचार विरुद्व नागरिक अभियान नेपालकाे संयाेजक प्रा.डा.श्रीकृष्ण पन्थीले देशमा माैलाएकाे व्यप्त भ्रष्टचार विरुद्व सांकेतिक रुपमा दवाव सिर्जना गर्ने उद्देश्यले सचेत नागरिककाे रुपमा कार्यक्रममा सहभागिता जनाएकाे बताए । उनले भ्रष्टचार विरुद्व दवावमुलक कार्यक्रम जारी राख्ने तर कार्यक्रमकाे स्वरुप बदलिन सक्ने जनाए ।

प्रा.डा.पन्थीले जवसम्म भ्रष्टचारीलाई कारवाहि गर्ने निकायमा राजनीतिक नियुक्तिले स्थान पाउछ, तवसम्म भ्रष्टचार नियन्त्रण नहुने र भ्रष्टचारीले उन्मुत्ति पाईरहने बताए ।

धर्ना कार्यक्रममा स्वस्फुर्त रुपमा नागरिककाे बाक्लाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा उपस्थित भएकाहरुले VIP भ्रष्टचारीहरु छि!छि!छि!, भ्रष्ट नालायकहरु….याे देश तिम्राे विर्ता हाे?,नक्कली भुटानी शरणार्थी काण्डकाे विषयान्तर गर्न पाईदैन, भ्रष्टचारका मतियारहरु खवरदार, VIP अभियुक्तलाई दिएकाे विशेष सुविधा खारेज गर लगायतका नारा लेखिएका प्लेकार्ड बाेकेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्