राजमाेकाे मेची-महाकाली अभियान अन्तर्गत पोखरामा सभा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । राष्ट्रिय जनमाेर्चाले ‘गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं , संघीयताकाे खारेज गराैं’र अमेरिकी साम्राज्यवादको विरुद्व मेची महाकाली अभियान अन्तर्गत पोखरामा सभा गरेकाे छ ।

पोखराको पृथ्वीचोकमा भएकाे सभालाई राष्ट्रिय जनमाेर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी,राष्ट्रिय जनमाेर्चाका केन्द्रिय सदस्य शंकर बराल, केन्द्रिय सदस्य राजेन्द्र ढुंगानाले पनि सम्वाेधन गरे ।

कार्यक्रममा राजमो केन्द्रिय सदस्य गौरीश्वर पाण्डे ,राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार अमर थापा ,अखिल नेपाल व्यापार संघ केन्द्रीय महासचिव सन्तोष पौडेल, अखिल नेपाल ट्रेड युनियनका केन्द्रिय सदस्य नाम बहादुर बाठा मगर ,अखिल( छैंठौं ) केन्द्रिय सदस्य सोमनाथ अधिकारी, जनजाति सम्म्लेनका गण्डकी प्रदेश सदस्य डम्बरबहादुर थापा, जातिय समता समाजका केन्द्रिय विष्णु वि.क लगायतकाे उपस्थिति रहेकाे थियाे ।

जिल्ला अध्यक्ष रविमोहन ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन अखिल( छैंठौं )केन्द्रिय उपाध्यक्ष गणेश अधिकारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्