अन्तर वडास्तरिय फुटबलको च्याम्पियन पाेखरा १४

सुरज श्रेष्ठ
  • ख-
  • ख+

तस्विर : बसन्त शेर्पा,पोखरा । पोखरा महानगरपालिका खेलकुद बिकास समितिको आयोजनामा सम्पन्न भएको वडास्तरिय फुटबल प्रतियोगिताको च्याम्पियन वडा नं.१४ बनेको छ ।

पोखरा रंगशालामा आज सम्पन्न भएको वडास्तरिय फुटबल प्रतियोगिताको फाइनल खेलमा वडा नं.१५ लाई ४–० गोल अन्तरले पराजित गर्दै च्याम्यिन बनेको हो ।

१४ का आशिष कार्कीले खेलको ५ औ मिनेटमा गोलको खाता खोलेका थिए । लगतै खेलको ११ औं मिनेट सिद्धान्त गुरुङले दोस्रो गोल गरे । उनले डिबक्स नजिक पाएको फ्रि किकलाई गोलमा परिणत गरको थिए । दोस्रो हाफमा प्रताप गुरुङ र याम बहादुर श्रेष्ठले समान एक एक गोल गरे ।

जेठ ६ गते देखि सञ्चालन भएको प्रतियोगितामा पोखरा १४ का खेलाडी आशिष गुरुङ सर्वोत्कृष्ट खेलाडी धोषित भए । उनले ट्रफी र मेडलका साथमा नगद रु १५ हजार प्राप्त गरे । १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक बन्दा १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड घोषित भए । उनीहरुले जनही नगद ५/५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

पुरस्कार वितरण कार्यक्रममा सरिक भएका पोखरा महानगरपालिका प्रमुख धनराज आर्चायले यस्ता प्रतियोगिताले खेल विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण हुने बताउदै प्रतियोगितालाई महानगरपालिकाले विशेष प्राथमिकता दिने बताएका थिए । कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सम्पन्न भएको खेलमा पोखरा महानगरपालिकाको ३३ वडा मध्य ३० वडाले सहभागिता जनाएको थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्