स्व.निसिम थापाको शालिक शिलान्यास

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । प्याराग्लाइडिङ खेलाडी स्व.निसिम थापाको शालिक शिलान्यास गरिएको छ ।

पोखरा रंगशालामा शनिबार रामघाट गुम्बाका लामा गुरुहरुले पुजापाठ गरि शालिकको शिलान्यास गरेको हो ।

शालिक पोखरा रंगशालाको परिसर भित्र रहेको ओलम्पिक टर्चको नजिकैको स्थानमा बनाइएको छ । सो ओलम्पिक टर्चको मुनि रहेको स्थान नजिक आज शालिक शिलान्यास गरिएको हो । शालिक वरिपरि पार्क समेत बन्ने निसिम फाउन्डेसनले जनाएको छ ।

सो कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद(राखेप)का बोर्ड सदस्य राजेश गुरुङले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा निसिमलाई गुमाउन पर्दा निकै दुःख लागेकोे बताए । ‘स्व.निसिम थापाको सम्मानको लागि राष्ट्रिय खेलकुद परिषदको विशेष पहलमा पोखरा रंगशाला भित्र शालिक राख्ने चाजो पाजो मिलाएका हौ ।’ गुरुङले भने । “देशका लागि खेलको माध्यमबाट योगदान पु¥याउने व्याक्तिको शालिक निर्माणले पछिल्लो पुस्तालाई सकारात्मक सन्देश जान्छ ।”

“दश महिना पछि भए पनि राष्ट्रिय खेलकुद परिषदले निसिम थापाको शालिक राख्ने कार्यलाई अगाडि बढाउनु भयो । यो मात्र ठुलो कुरा होइन,यसलाई निरन्तरता दिनु पर्छ ।” स्व.निसिम थापाका आमा सावित्री थापाले भनिन ।

“निसिम थापा फाउन्डेसनको लागि नेपाल आर्मीले १० लाख नगद दिई सकेको छ । अन्य आवश्यक सहयोग गरिरहनु भएको र आर्मीले कुनै खेल आयोजना गर्दा ‘निसिम शिल्ड’नामाकरण गर्ने आश्वासन दिएको थापाका आमा सावित्रीले बताइन ।

नेपालको तर्फबाट विश्वकपमा समेत भाग लिएका आफ्ना छोराको सम्झनामा नेपाल सरकारले कुनै पनि पाठ्यक्रममा छोराको विषय समावेश गर्दियोस भन्ने विज्ञप्ती सरकारलाई बुझाएको छौ । सो कार्यमा पनि आर्मीले सहयोग गर्ने बचन दिएको । सावित्रीले सुनाइन ।

शिलान्यास कार्यक्रममा निसिमका बुबा प्रकाश थापा,हजुरआमा सोभा देवी मोक्तान,काकी रीता पौडेल,साथी क्षितिज बताजु,पश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समिति पोखराका प्रमुख लक्ष्मण योगी,खेलाडीहरु लगायतको उपस्थिीति रहेको थियो ।

नवौं राष्ट्रिय खेलकुद–२०७९ अन्तर्गत राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितामा २०७९ असोज ३० गते प्रतिस्पर्धा गर्ने क्रममा नेपाली सेनाका खेलाडी निसिमको दुर्घटनामा परि निधन भएको थियो । खेलकै क्रममा निधन भए संगै राखेपले उनको अर्ध कदकोे शालिक पोखरा रंगशालामा राख्ने घोषणा गरेको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्