
पोखरा । जि नाईन युनाइडेड क्लबले सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
जि नाइन क्लब माछापुच्छ्रे घाचोकको आयोजनामा कार्तिक १ गते देखि मेघराज आधारभुत खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने नारालाई आत्मा साथ गर्दे आयोजना हुन लागेको प्रथम जि नाईन खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता कार्तिक १ गते देखि ४ गते सम्म संचालन हुने छ ।
प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ र उपविजेताले ३० हजार रुपैयाँसंगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पाँच दिन सम्म संचालन हुने प्रतियोगिताबाट बचत हुन आएको रकम माछापुच्छे गाँउपालिका वडा नं.३ को साविक घाचोक गाविस वडा नं.९ स्थित बतासे खेल मैदान निर्माणमा खर्च गरिने अध्यक्ष दौलत गुरुङले बताए ।
प्रतियोगितामा सर्वाधिक गोल कर्ता,उत्कृष्ट खेलाडी,उत्कृष्ट गोलरक्षकलाई ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।