लेकसाइडमा २५ औं पाेखरा सडक महोत्सव शुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराकाे आयोजनामा २५ औं पोखरा सडक महोत्सव शुरु भएको छ ।

‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मुल नारा साथ शुरु महोत्सवको कोमागाने पार्कमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

प्रमुख आचार्यले सडक महोत्सवले पोखराको थप पहिचान दिन मद्दत मिलेको बताए । उनले हाल स्थगित प्याराग्लाइडिङ तत्काल खुलाउन सम्बन्धित निकायलाई आग्रह गरे ।

उनले एक महिना भित्र पोखरालाई पर्यटनको राजधानीको रुपमा घोषण गर्ने दाबी गरे ।

उद्घाटनअघि झाँकी सहितकाे र्याली निकालिएकाे थियाे । ¥यालीमा देशका सातै प्रदेशका पहिचान झल्कने सांस्कृतिक टोलीहरु सहभागि थिए । ¥यालीमा चितवनबाट थारुहरुको भेषभुषा सहितको थारु स्टिक नाच, सिन्धुलीवाट महिलाहरुको पञ्चेवाजा, रुकुमवाट मयुर नृत्य, शसस्त्र प्रहरीको व्याण्ड बाजा, नौमती पञ्चेबाजा, गुरुङ्ग छेडु नृत्य, त्रिवेणी समुहको संगित, राइ लिम्बु जातिको धान नाच, नेवार जातिको लाखे नृत्य, शिव भजनलगायत सहभागि थिए ।

रेवानाले २५ औं वर्ष प्रवेशको अवसर पारेर पोखराका विकासमा विभिन्न क्षेत्रबाट योगदान दिने २५ जनालाई खादा, माला र सम्मानपत्रले सम्मान गरेकाे छ ।

जसमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति संस्कृतिविज्ञ जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्त, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कार्टुनिष्ट दुर्गा बराल बात्स्यायन, बिम्ब कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, कलाकार अमृत गुरुङ, शिक्षासेवी जर्ज जोन, प्राडा कुशुमाकर न्यौपाने, भूगोलविद् प्राडा कृष्ण केसी, प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुली, पर्यटनविद् झलक थापा, पत्रकार कृष्णमणि बराल लगायत सम्मानित भए ।

अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँवर्ष स्वागतार्थ आयोजना गरिएकाे पोखरा सडक महोत्सव १६ गतेसम्म अर्थात जनवरी १ सम्म सञ्चालन हुनेछ ।

महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, स्वदेशी हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, कृषि, वनस्पती लगायतका कृषि उपज सामग्रीहरुको प्रदर्शनी, बाल उद्यान, पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्ट्री प्रर्दशनका साथै पर्यटकिय गन्तब्यको प्रवद्र्धनात्मक प्रस्तुतीसमेत रहने रेवान पोखरा अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिए ।

त्यस्तै, हिमाली सांस्कृतीक परिवारको साँस्कृतिक कार्यक्रम, एस के डान्स ग्रुपकोे साँस्कृतिक कार्यक्रम,काठमाण्डौंवाट आउने कलाकारको इस्टुमेन्टल संगित, विभिन्न जातजातीको मौलिक भेषभुषा साँस्कृतिक कार्यक्रम सहितको झाकी प्रर्दशनी लगायतका प्रतियोगिता पनि महोत्सवमा हुनेछन् ।

महोत्सवको अवसरमा पर्यटक दौड प्रतियोगिता, डुंगा खियाउने प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता, रेष्टुरेण्टका कर्मचारीबीच वेटर रेस प्रतियोगिता, डोरी तान्ने (टग अफ वार) प्रतियोगिता, भलिबल प्रतियोगिता, बालबालिकाका लागि चित्रकला प्रतियोगिता, स्पुन रेस प्रतियोगिता, कोकाकोला तथा वियर पिउने प्रतियोगिता, म:म: तथा ससेज खाने प्रतियोगिता पनि हुने रेवान पोखराका महासचिव विकास भट्टराईले जानकारी दिए ।

महोत्सवको अवसरमा यस वर्ष पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा टक सो कार्यक्रम हुने महासचिव भट्टराईले बताए ।

महोत्सवको करीब ५ लाख पर्यटकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक रेवान पोखराको अपेक्षा छ ।

पोखरालाई ‘अग्रेंजी नयाँ बर्षको गन्तव्य स्थल’ रूपमा आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन गर्ने, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षणका साथै प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको शहिदचोकबाट खहरे डिहिकोपाटनसम्म करीब साढे तीन किलोमिटर क्षेत्रफलमा सडक महोत्सव चल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्