पोखरामा सडकबाटै अंग्रेजी नयाँ वर्ष २०२४ को भव्य स्वागत

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरेलीहरुले सडकबाटै अंग्रेजी नयाँ २०२४ को भव्य स्वागत गरेका छन् भने २०२३ लाई बिदाई गरेका छन् ।

अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले आयोजना गरेको २५ औँ पोखरा सडक महोत्सवको रमाइलोसँगै अंग्रेजी नयाँ वर्षको स्वागत गर्न आईतवार हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरु लेकसाइड पुगेका थिए ।

राति १२ बज्नै लाग्दा पटका पट्काउँदा सडकमा रहेका हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरु उत्साही भएका थिए । उनीहरुले मध्यरातमा सडकबाटै एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गरे ।

रेवान पोखराले “सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ” भन्ने नाराका साथ विगत २५ वर्ष देखी गर्दै आएको सडक महोत्सवमा पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभूषाले मुख्य आक्रषण रहेको छ।  नयाँ वर्षको स्वागत गर्न जम्मा भएका विदेशी तथा स्वदेशी पर्यटकले लेकसाइडको बाटो खचाखच भएको थियो ।

आफ्ना परिवार, साथी संग घुम्न जाने, विभिन्न कार्यक्रम आयोजना गर्ने, अनि रमाउदै नयाँ बर्षको स्वागत गर्ने प्रमुख गन्तब्य बनेको पोखरा सडक  रेवान पोखरा अध्यक्ष नरेशबहादुर भट्टराईले बताए । उनले अंग्रेजी होस् या नेपाली नयाँ बर्ष पोखरा सबैको पहिलो रोजाइमा पर्ने गरेको बताए ।

उनीहरुले पौष महिनाको मध्यरातको चिसोको प्रवाह नगरी सर्बैै पीडा भुलेर नयाँ संकल्प, नयाँ उद्देश्य र नयाँ ऊर्जाका साथ पोखरामा राती १२ बजे आतिसबाजीसहित नयाँ वर्ष २०२४ को स्वागत गरेका हुन् ।

सडक महोत्सवमा रमाउन आन्तरिक, भारत र बङ्लादेशबाट सयौँ पर्यटक पोखरा आएको आयोजक रेवान पोखराले जनाएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन् ।

विशेष गरी युवापुस्ताले अंग्रेजी नयाँ वर्षलाई मनाउने गरेका छन् । विदेशी पर्यटकको भिडभाड हुने ठाउँमा हिजो बेलुका पनि ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्य स्थलको रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा सडक महोत्सवको आयोजना गरिन्छ ।

पर्यटनलाई मुख्य जोड दिँदै दिने महोत्सव लेकसाइडको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जहरेवरसम्मको करिबे तीन किलोमिटर सडकमा महोत्सव सञ्चालन गरिएको छ ।

महोत्सव अवधिभर यस क्षेत्रमा सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूले आफ्ना भान्सा सडकमै राख्ने र त्यहीँबाट पर्यटकलाई सेवा दिएका छन् ।

महोत्सव अवलोकन गर्न र नयाँ वर्ष मनाउन आउने पाहुनाले यहाँका रेष्टुरेण्ट तथा होटलहरु भरिएका छन् ।

सडक महोत्सवमा हिजो बरिष्ठ लोकदोहोरी कलाकार प्रजापति पराजुली ,बद्रीपंगेनी, चर्चित गायिक समिक्षा अधिकारी, लाहुरे र द एलिमेन्ट्सको प्रस्तुतिले स्टेज तताएको थियो भने आज पशुपति शर्मा, मुक्ति एण्ड रिभिभल लगायतको प्रस्तुती रहनेछ ।

गत विहिवारदेखि शुरु भएकोे महोत्सव आज सकिदैछ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्